१ कारको हर्न दवाँ-ट्वाँ गरेर बजिरहेको थियो। तोपविक्रमले झ्यालबाट हेन्यो। ढोकामा पूरणको कार रहेछ। पूरण तोपलाई भेट्न आएको थियो। तोपविक्रमले 'बले'-'बले' भनेर बोलायो । 'हजूर' भनेर बले तलैबाट करायो । "ए, यहाँ ढोका खोलू न, मोटर आएको छ ।” मलेले दौडेर घरको ढोका खोल्यो। कार तोपको ढोकाभित्र पसेर अड्यो। "साहेब हुनुहुन्छ घरमा ?" पूरणले सोध्यो। "हुनुहुन्छ । माथि हुनुहुन्छ।" बलेले जवाफ दियो। पूरण कारबाट ओल्य तोप तल आइसकेको थियो र पूरणलाई देख्नासाथ तोपले भन्यो "अहो ! आज कताबाट ! बाटो बिरायो कि कसो ?” “कताबाट हुन्थ्यो, आफिसबाट सीधै यहीं आएको। तिमीलाई नभेटेको धेरै दिन भयो। आफिसको कामले गर्दा आज त ज्यादै झर्को लाग्यो र अलि चाँडै आफिसबाट निस्केको, बोर पनि लागिसक्यो काम गर्दा-गर्दै।" पूरणले भन्यो ।” "हिंडन भित्र जाऔं !” तोपले भन्यो र दुवै जना तोप र पूरण भित्र ड्रइङ्ग रूममा पसेर बसे । "अँ, के पिउँछौ ? चिया कि शर्बत ?" -तोपले सोध्यो। “अहिले पनि चिया र शर्बत खाने समय छ ?" पूरणले भन्यो । "अरू त तिमीले पिउने कुरा मकहाँ छैन।”तोपले भन्यो। “त्यो त मलाई सबै थाहा छ । यसैले आफ्नो स्टाक कारमा ल्याएको छु। तिमीले धन्दा मान्नुपर्दैन । एकै छिन पर्ख, म आउँछु” यति भनेर पूरण बाहिर लुकेको समाज : १ निस्क्यो र कारबाट एक बोतल हिसकी झिक्यो र अरू केही सामान पनि झिक्यो। पूरणले तोप बसेको ठाउँमा गएर बस्दै भन्यो- "लौ, तिमीलाई क्यालेण्डर र कलम। हाम्रो कम्पनी हो।" तोपले क्यालेन्डर र अरू सामानहरू हेयो र भन्यो- "साह्रै राम्रो रहेछ, यो क्यालेण्डर त !" "कलम झन् राम्रो।" बट्टा खोल्यो । त्यहाँ कलम र डट्पेनको सेट र तोपले भन्यो- वाह, पूरण, भेरी नाइस ! कलममा घड़ी पनि रहेछ। "त्यो कलमलाई यसो एक चोटि घुमाऊ त।”पूरणले भन्यो । तोपले त्यसै गर्यो दुई युवक र युवती सर्वाननात्रो भएको तसबीर देख्यो। “गजबसँग बनाएको रहेछ।" तोपले भन्यो। "तिमीलाई राम्रो लाग्यो ?" पूरणले सोध्यो । "ब्यूटीफुल !" -तोपले छोटो जवाफ दियो र बलेलाई बोलायो । बले कोठाभित्र पस्यो। तोपले बलेलाई भन्यो- “एउटा गिलास र जगमा पानी ल्यायेस् अनि एउटा गिलासमा अरेञ्ज स्क्वायश पनि लिएर आइज त ।" " बलेले एउटा किस्तीमा तोपको निमित्त अरेञ्ज स्क्वायश र एउटा खाली गिलास अनि जगमा पानी ल्यायो। "अरू खान के मगाऊँ ? बरफ पनि चाहिन्छ ?" -तोपले सोध्यो। "अहँ, आइस चाहिन" भन्दै शीशी खोलेर ह्विस्की गिलासमा राखी पानी मिसायो । “चीयर्स"भनेर ती दुवैले पिउन थाले। पूरणले सोध्यो- “किन तिमी ह्रिसकी खाँदैनौ ?” "खै, किन-किन खानै मन लाग्दैन।" तोपले जबाफ दियो। "बुबा कहाँ हुनुहुन्छ ?" "अहिले बेलायतमा नै हुनुहुन्छ। अब सात-आठ महीना जतिमा रिटायर २ : लुकेको समाज हुनुहुनेछ।" तोपले भन्यो । “त्यसो भए अब नेपालमा नै आउनु होला, होइन ?" "यहाँ नअउनुभए कहाँ जानु होला त ?" "अर्को बिहे गर्नुभएको छैन ?" "छैन। विवाह गर्दिन भन्नु हुन्थ्यो। अब मैले बिहे गरे भने तिमीहरूले दुःख पाउँछौ भन्नु भएको छ।" -तोपले भन्यो । “भाई कहाँ छ नि ?" "अहिले दार्जीलिङ्गमा छ। यो आखिरी वर्ष हो।" -तोपले भन्यो। "त्यसपछि तिम्रो भाइको के पढ्ने विचार छ ?" -पूरणले शीशीबाट ह्विस्की गिलासमा खन्याउँदै भन्यो । "बुबाको त आर्मीमा पठाउने ठूलो मन छ। मलाई पनि आर्मीमा जान खूब जोड़ गर्नुभएको थियो। तर, किन-किन मलाई आर्मीमा जान मनै लागेन र कमर्स पढ़ें।" तोपले भन्यो। "मलाई पनि यो बिजिनेस भनेको पटक्कै मन परेको छैन । तर के गर्नु ! बुबा आफू ठूलो बिजिनेसम्यान हुनुभएको हुनाले मैले पनि गर्ने पन्यो। बुवा बिजिनेस साह्रै मन पराउनु हुन्छ र मलाई पनि बिजिनेसमा नै लगाइदिनु भयो । नगरुँ भने पनि भएन। आजकल म मोटरतर्फ छु। सबै कहाँ गएर हात जोड्नुपर्छ। त्यतिमात्र कहाँ हो र ? किन्ने आफिसको मालिकलाई पैसाले पनि ठेल्नुपर्दछ । यस्तै काम छ तोप, मेरो त।" पूरणले भन्यो । "ठीक छ नि! पैसा कमाउन मेहनत गर्नुपर्छ।" -तोपले भन्यो । "छोड़ यालर, पैसाको कुरा । यो तो हातको मयल हो। करोड़ौ रूपियाँ मैले कमाए पनि मैले साथमा के लिएर जान्छु र ? 'पिऊ र मज्जा गर' मेरो त थ्योरी यस्तै छ।" ह्विस्की पिउँदै पूरणले भन्यो । "खै, म त होटल म्यानेजमेन्ट पढ्ने विचारमा छु। के हुन्छ, थाहा छैन। भरखरै एम. कम. को जाँच खतम भयो। रीजल्ट कहिले हुने हो कहिले ?" तोपले भन्यो । लुकेको समाज : ३ “त्यसो भए झन राम्रो भयो । बुबा आजकल वेलायतमा होटेल खोल्ने विचारमा जानुभएको छ। त्यसैले पनि मैले काम हेर्नुपरेकोले फुर्सत् नएको। अँ, तिमीकहाँ म आएको त कुरा बिसेछु। भोलि न्यू ईयर्स हो। मैले तिमीलाई पनि टिकट लिएको छु। सोल्टीमा जानुपर्छ, ठीक आठ बजे। ठीक परेर बस्नु है ? साढे सातमा लिन आउँछु।” पूरणले भन्यो । म तिमीलाई "म त्यहाँ गएर के गर्ने? पिउने बानी छैन। के मज्जा आऊला।” तोपले भन्यो । "के त्यहाँ सबै पिउने मानिस मात्र आउँछन् ? दुई-चार केटीहरूलाई पनि बोलाएको छु। खूब मज्जा हुन्छ। ठीक परेर बस्नु! डिनर पनि उहीं खाने।" पूरणले भन्यो । . पूरणले अर्को ह्रिसकी गिलासमा हालेर पिउँदै भन्यो, “खूब डान्स गर्नुपर्छ । तिमी त डान्स गर्न एक्सपर्ट छँदैछौ।" "के एक्सपर्ट भन्ने ? बेलायतमा हुँदा सिकेको हुँ, अलि-अलि। बस् त्यत्ति न हो।" तोपले भन्यो । “एकचोटि गरेपछि सबै आउँछ। यति कातर न होऊ त तिमी!" पूरणले भन्यो र सबै कुरा मिलाई त्यहाँबाट घर फर्यो कि कहाँ तोपलाई पत्ता नै भएन। तोप र पूरण सँगै पढेका थिए, बी.कम्, सम्म। पूरण बी०कम्० पास बिजूनेसतर्फ लाग्यो। तोपले भने आफ्नी पढ़ाई अगाड़ि बढ़ायो । तोप घरमा एक्लै थियो। बाबु बेलायतमा अनि भाई दार्जीलिङ्गमा । धेरै वर्षदेखि तोपका बाबु बेलायतमा आर्मीमा काम गर्दथे । उनी क्याप्टेन थिए, गोर्खा आर्मीमा। पैसा प्रशस्त कमाइसकेका थिए। तोपको बाबु एकलै थियो। सानो छोरो राजू जन्मनासाथ तोपको आमाले दुबै छोरालाई छोडेर यस संसारदेखि बिदा लिएकी थिइन, सदाको लागि। तोपको बाबुलाई तोपलाई आर्मीमा जागीर ख्वाउने ठूलो इच्छा थियो । उनी सधैंजसो भन्थे, "बाघको छोरा बाघ नै हहुनुपर्छ।" तर कति भन्दा पनि तोपलाई आर्मीमा मन लागेन। छोराको इच्छा नै नभएकोले ४ : लुकेको समाज पछि उनीले कर पनि लगाएनन्। अब उनको मनमा कान्छो छोरालाई आर्मीमा पठाउने इच्छा उत्पन्न भयो । पूरणको बाबुले प्रशस्त पैसा कमाएका थिए। उनकी दुई स्वास्नी थिइन् । जेठी घरको काम सबै हेर्ने गर्दथिइन् । कान्छा भने अलि पढ़े-लेखेकी हुनाले श्रीमान्लाई बिजिनेसमा मद्दत गर्दीथइन् । उनी हनकम, थाईल्याण्ड, जापान र अरू धेरै मुलुकहरू घुमिसकेकी थिइन्। कान्छीका दुई छोरी भएकोले उनीहरूलाई दार्जीलिङ्गमा पढाउन राखेका थिए । पूरण ह्याण्डसम केटो थियो। ऊ काममा लागेको थियो । उसले पैसा प्रशस्त कमाएको थियो र उत्तिकै उड़ाउँदथ्यो पनि। बाबु-आमाले कहिले पनि पूरणलाई केही नराम्रो भन्दैनन् । स्वतन्त्रता थियो, पूरणलाई। पूरणले घडी हेयो। साढे छ बज्न थालेको थियो । उसको कपड़ा सबै ठीक थियो। कालो जुता टलक्क टल्किएको थियो, ऐनाजस्तै । केही समयपछि पूरण बाथरूममा गयो र सफासँग हात-मुख घोयो अनि रूमालले राम्रोसँग पुछ्न थाल्यो। 4 पूरण बाथ-रूमबाट कोठामा आयो र कपड़ातिर फेरि राम्रोसँग हेन्यो। सबै ठीक पायो उसले। सात बजेपछि पूरणले कपड़ा बदल्न शुरू गर्यो। कपड़ा लाइसकेपछि कोठाको ठूला ऐनानेर गएर हेयो। टाई अलि नमिलेको जस्तो लाग्यो, उसलाई। टाईलाई ठीक गरी मुखमा मलहम र पाउडर मिलाएर लगायो। अनि मीठो अत्तर जीउमा छन्यो र जेबी रूमालमा पनि अलिकति छयो । यता तोप पनि ठीक परिसकेको थियो। बेलायतमा हुँदा उसले पनि कीमती लुकेको समाज : ५ कपडा र मौकामा चाहिने सबै लुगा सिलाएको थियो। अनि तोपले पोशाक लगाई एनामा गएर आफ्नो अनुहार हेन्यो र आप्नो कालो कपाललाई ठीक पान्यो। केही बेरपछि नै पूरणको कारको आवाज सुनियो। बलेले दोड़ेर गई ढोका खोल्यो। तोप बिल्कुल ठीक परेर तल ओर्यो र अगाड़िको ढोका बन्द गर्यो। पूरणको कार स्टार्ट भएर तोपको घरबाट निस्क्यो। कार चलाउँदै पूरणले भन्यो, “आज त बडो स्मार्ट देखिएका छौ नि तोप, तिमी।" सिगरेट-लाइटरले र एउटा सिगरेट तोपले सल्काउँदै भन्यो- "म के स्मार्ट देखिएको छु र तिमीजस्तो !".. . सिगरेटको धुवाँ उड़ाऊँदै तोपले भन्यो । "साँच्चिकै मैले तिमीलाई ढाँटेको होइन। आज केटीहरू तिम्रो पछि लाग्ने भए।" पूरणले भन्यो। "भो, अब धेरै बयान भइसक्यो । अझ बाँकी नै छ कि ?" तोपले भन्यो । “बाँकी त धेरै थियो। अब भरे फर्कदा भनुला।” भन्यो, पूरणले । ठीक समयमा पूरण र तोप पुगे सोल्टी होटलमा। पूरणले कार पार्क गर्ने ठाउँमा कार पार्क गर्यो र दुवैजना पूरण र तोप भित्र पसे । मानिसको ठूला भीड़ थियो....स्वदेशी विदेशी सबै गरेर। रूपा र सुनीता पूरणलाई बाहिरको सोफामा कुरिराखेका थिए। पूरणलाई देख्नासाथ उनीहरू उठे। "खै देव ? उनकी श्रीमती आइपुगेकी छैनन् ?" पूरणले सोध्यो ती केटीहरूलाई "सरी तोप! मैले त यिनीहरूसँग तिम्रो परिचय नै दिन बिर्सेछु। यिनीहरू दुवै मेरो अफिसमा काम गर्दछिन्। रूपाको घर भने कालिम्पोङ्ग हो। सुनीता यहीं की हुन्। तीन-चार वर्षदेखि हाम्रो कम्पनीमा काम गर्दछिन् । अनि उहाँ तोप विक्रम हुनुहुन्छ " पूरणले चिनायो । ६ : लुकेको समाज दुवैले तोपलाई नमस्कार गरे। पूरणले आफ्ना लागि भिन्दै टेबुल छ जनाको निमित्त बुक गरिसकेको थियो। "हामीहरू जाऊँ, भित्र बसों देव र सपना आउँदै गर्छन्।” यति भनी उनीहरू सबे ढोकामा पुगे र ढोकैमा बसेको मानिसलाई चार टिकट दिई भित्र पसे र आफ्नो रिजर्भ टेबुलमा गएर बसे। उनीहरूलाई सीटमा राखेर पूरण देव र उनकी श्रीमतीलाई हेर्न बाहिर निस्क्यो। केही बेरपछि दुवै लोग्ने स्वास्नी याने देव र सपना आइपुगे । पूरणलाई देखेर देवले भन्यो “सरी, पूरण ! अबेर भयो !” “म त ठीक समयमा ठीक परेको थिएँ। अझ मैले पो ढीला गरें भनेर कसरी भन्न सकेको !” देवकी श्रीमतीले भनिन् । अनि तीनैजना भित्र पसेर आफ्ना ठाउँमा गएर बसे। सबैको चिनापर्ची भयो । तोपको केही बेर आँखा तिर्मिरायो, सपनालाई देख्नासाथ उसको दिमागले केही पनि सोच्न सकेन। तर, आफूलाई तोपले खूब सम्हाल्यो। एकै क्षणमा ड्रिङ्क शुरू भयो। कस-कसले के खाने, मगाए। पूरणले भने आफ्ने ह्रिसकीको शीशी झिक्यो र टेबुलमा राख्यो। सुनीता र रूपाले सेरी मगाए। सपना भने दोधारमा परिन् । “तिमी पनि सेरी खाऊ।” देवले भन्यो । सपनाले 'हुन्छ' भनेर स्वीकृति दिइन्। “तिमी त कोकाकोला र अरेज्जा जूसतर्फ हौला, होइन ?" पूरणले भन्यो। “किन, तपाईं पिउनु हुन्न ? देवले सोध्यो तोपलाई। "किन-किन मलाई पिउँन मन पर्दैन।" तोपले भने । "होइन आज त केही-न-केही पिउनै पर्छ।" देवले जोड़ दिएर भन्यो । "त्यसो भए मलाई पनि एउटा सेरी नै ल्याइदिनु है! बहिनीहरूको साथ दिने पन्यो !” तोपले भन्यो । बेयरा सबै कुरा नोट गरेर गयो । लुकेको समाज : ७ देव आर्मीको क्याप्टेन थियो। नपिउन्जेल उसको कुराकानी राम्रै हुन्थ्यो । अनि पिएपछि सिंह जस्ते हुन्थ्यो । तोपको आँखा भने सपनामा नै गड़ेको थियो। खुद सपना देखेजस्तै उसलाई लागेको थियो । ड्रिङ्क आइपुग्यो। सबैले पिउन थाले। आज हल खचाखच थियो। तोपको दृष्टि अचानक एउटा टेबुलमा पन्यो। केवल दुईजना मात्र थिए, त्यस टेबुलमा र ती दुबैले ड्रिङ्क पिउन थालेका थिए। तोपले एकनासले त्यो टेबुलतिर हरिरहेको देखेर सुनीताले भनिन् “तोप जी, खूब हेर्नुभयो नि त्यो टेबुलमा, तपाईंले ? चिन्नुभएको छ कि क्या हो ?" “खै, कहिले देखे जस्तो लाग्छ। तर, कहाँ देखेको वा चिनेको हो, मनले ठहर गर्न सकेन।"तोपले भन्यो । “त्यो केटी देहरादूनकी हुन् । गोरखा ट्याभल्समा काम गर्दछन्। सुभद्रा हो तिनको नाम र साथै बस्ने गोरखा ट्राभेल्सका डेपुटी जनरल मैनेजर हो।” सुनीताले भनिन् । तोपले नबुझे जस्तो गर्यो, तर उसले सबै राम्ररी बुझेको थियो । ड्रिड खूब चल्यो । तर, तोपले भने विस्तारै खाएको देखियो । केही समयपछि खाना तयार भएकोले सबैजना खानातर्फ लाग्न सुरसार गरे । देवले हिसकी खन्यायो गिलासमा। यो देखेर सपनाले आफ्ना श्रीमान्लाई भनिन्-“अहिले नै यति नपिउनोस् न !” देवले स्वास्नीलाई आँखा तयो। सपना देवको अगाड़ि के बोल्न सक्थिन् र चूप लागिन्। "कत्रो कन्ट्रोल यो ?" -तोपले सपनातिर हेरेर भन्यो । "त्यही त भनेको।" -पूरणले कुरा थप्यो । सबजना हाँसेर खाना खान गए। खाना खतम भएपछि उनीहरू आफ्नो टेबुलमा आएर ड्रिक्क गर्न थाले। ८ : लुकेको समाज केही बेरमा नै डान्स शुरू भयो। सबैभन्दा पहिले देव उठ्यो र आफ्नो श्रीमतीलाई लिएर नाच्न गयो। पूरणले रूपालाई र तोपले सुनीतालाई साथ लिए। केही बेर नाची उनीहरू सबै आ-आफ्ना ठाउँमा आएर बसेर पिउन थाले। त्यहाँको वातावरण खूब राम्रो थियो। सबै मस्त थिए। कतै बाजा बजिरहेको थियो, त कतै राता-नीला टोपी लगाएर मस्तसँग हाँस्दै थिए। अनि फेरि डान्स शुरू भयो। यस पाली पूरण सुनीतासँग र देव रूपासँग नाचे। तोप र सपना भने मेचमै बसेर कुरा गरिरहेका तिए। यत्तिकैमा मौका पाई तोपले भन्यो- "मैले तपाईंलाई कतै देखेजस्तो लाग्छ।" "मलाई पनि त्यस्तै लाग्छ।" - सपनाले हाँसेर भनिन्। "ए" बल्ल मनमा आयो र भन्यो- “एकचोटि एक्जीविशनमा बित्रो खेल्दाखेरि देखेको होइन ?" "हौ त, साँच्चिकै ! तपाईंले त्यो बेला पहिलो प्राइज पाउनुभएको थियो होइन ?" -सपनाले भनिन्। “हो त ! अनि पछि पनि एकचोटि धेरै ठाउँमा देखेको छु। के भनु सपनाजी त्यसै बखतमा मलाई कलेजमा छुट्टी भएकोले जुबाकहाँ इंगल्याण्ड जानु पन्यो । जुन दिन तपाईंलाई देखेको थिएँ, साँच्चै भनुं भने म पागल भएको थिएँ।” लामो साँस फेर्दै तोपले भन्यो । “के कुरा गरिरहेको ? नाच्न पर्दैन ?" पूरणले नाच्दा नाच्दै अघि आएर भन्यो। "अब विवाह गर्नोस् न त !" -सपनाले भनिन् । “शायद कहिले पनि हुँदैन होला।” सपनाले सबै आफ्नो कुरा भनिन्- 'बेलुकी कतै देव पिएर आएको छ भने मेरो दुर्दशा हुन्छ। देखाउन सक्ने भए म मेरो पिठ्यूँ देखाउने थिएँ, तपाईंलाई। मैले कुटाइ नखाएको कुनै दिन छैन। जाऊँ भने, कहाँ जाऊँ। एउटा सानो बच्चा छ। जहिले पनि डाइभोर्स गर भन्छ। के गर्ने! बच्चा नभएको भए आज म यो संसारमा रहने थिइन, तोप!" "तपाईंलाई फेरि कुनै आपत्ति पर्यो भने मलाई सम्झनु होला है?" लुकेको समाज : ९ सपनाले 'हुन्छ' भनेर भनिन्- “घरमा टेलीफोन छ, दल बहादुर थापाको नाममा ।" "मेरो पनि मेरै नाममा छ- तोप विक्रम सिलवाल।" थोरै समयमा सबै कुरा भयो । रातको दुई बजिसकेको थियो। सबैजना पालै पालो नाचे र घरतर्फ गए। देवले घरमा गएर रक्सी थप्यो। सपनाले 'अब त पुग्यो सुत्लोस्न' भनेर के मात्र भनेकी थिइन् 'रण्डी बोल्छेस्' भनेर झपायो । खूब रोइन् सपना ! आँसुका धारा बर्र बगे उनका लोभाउने नेत्रबाट। ३ मीन बहादुरको कान्छो छोरा पनि राम्रो डिभिजनमा पास भयो। ऊ अझै दार्जीलिङ्गबाट फर्केको थिएन। साथी-भाइहरूसँग घुम्न भनी नैनीताल र अरू ठाउँमा गएको अझै आएको थिएन। तोपचाहिं घरमैं बसेर होटल म्यानजेमेण्टाको निमित्त यता-उता घुमिरहेको थियो । तर, भनेजस्तो ठाउँ पाएको थिएन । तोपको सानो भाइ घुमेर केही दिनमा नै काठमाडौं फर्यो। अब घरमा दाजुभाइ भए। कुराकानी हुन थाल्यो । तोपले आफ्नो भाइलाई एक दिन भन्यो"राजू, अब तिमीले के पढ्ने विचार गरेका छौ त ?” “खै, दाइ ! अहिलेसम्म केही निश्चय गरेको छैन। बुबाका चिट्ठीमा 'आर्मीमा जानुपर्छ; तेरो दाइलाई आर्मी भनेको किन-किन भने परेन। विचार गरेको छ, केही पनि भन्दैन। तैले भने आर्मीमा नै जानुपर्दछ। बाबु-बाजेको नाम राख्नुपर्दछ।' बुबाको प्रत्येक चिट्ठीमा यिनै शब्दहरू रहन्छन् ।” १० : लुकेको समाज | 'यसो भए तँ आर्मीमा नै जान्छस् त ? बुबाले लेख्नुभएको पनि ठीक हो । आर्मी राम्रो छ। भविष्य पनि बेसे छ। बेलायत जस्तो आर्मीमा भर्ना हुन पाइस् भने के चाहिये तँलाई। पैसा पनि प्रशस्त पाइन्छ। बुबाको यही इच्छा छ भने, मेरो विचारमा बुबाले भन्नुभएको ठीक छ। खै मलाई त सानै उमेरदेखि आर्मीमा जान मन लागेन। यदि म गएको भए अहिलेसम्म मैले राम्रो पोस्ट पाउने थिएँ। तै त्यसै गर, बुबाले भन्नुभए जस्तो।" तोपले भन्यो । "यसै गर्नुपर्ला। साँच्चै हो भने, मलाई आर्मीमा नै जान मन छ।" राजूले भन्यो । "त्यासो भए तिमीलाई मन पनि परेको रहेछ । बुबा पनि यही चाहनु हुन्छ। ठीकै भइहाल्यो नि। बुबालाई चिट्ठी लेख्यौ त यस विषयमा ?" तोपले भाईलाई सोध्यो । "पास भएको टेलिग्राम त पठाइ सकें। चिट्ठी पनि लेखेको छु । तर जवाफ आएको छैन।” राजूले भन्यो । "अब बुबाको पनि तीन-चार महीना मात्र बाँकी छ रिटायर हुन। बुबा काठमाडौं नै आइहाल्नुहुन्छ नि। आज आमा हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला, हैन ?" तोपले भन्यो । राजूले केही नबोली टाउको निहुराएर अँध्यारो मुख लगायो। "यी सबै अतीतका कुराहरू बिर्स। म पास हुँदाखेरि पनि मलाई त्यस्तै पीर लागेको थियो । तर, केही दिनपछि मनलाई सम्हाल्न पर्दो रहेछ। के गर्ने, सारा मानिसको यही चाल छ। जन्मेपछि मर्नै पर्छ भन्ने थाहा भएर पनि मानिसलाई घमण्ड हुने नै रहेछ। जति पैसा भए पनि नपुग्ने रहेछ। मेरो एउटा साथीले भनेको कुरोमा मलाई साह्रै चित्त बुझ्यो। जति पैसा कमाए पनि आखिर साथमा लिएर के जान सकिंदो रहेछ ? बस ऋण नगर्नु । किनभने ऋण भनेको घृणा हो। सबैको आत्मा एक हो । तर, त्यो चित्र कसैले सकेनन् । कोही दरबार जस्ता घर बनाएर मोज गरिरहेका छन् भने कोही एक छाक पनि खान नपाएर फाटेको लुगा लगाई रूखमनि मस्त सुतेको देखेको छु । संसार यस्तै छ।" तोपले भन्यो । हु राजूले दाजुले भनेको सबै कुरा बुझ्न कोशिश गर्यो । तर, उसको दिमागमा लुकेको समाज : ११ नै केही चढ्न सकेन। राजू त्यहाँबाट उठ्यो र साथीको घरतिर जान्छु भनेर गयो। राजू गएपछि तोप किताब पढ्न थाल्यो। यतिकैमा टेलिफोनको घण्टी बज्यो। तोपले टेलिफोनको रिसिभर उठायो र 'हलो' भन्यो । "को बोल्नुभएको ? कसलाई खोज्नुभएको ?" तोपले सोध्यो। "त्यहाँ तोपजी ?" जबाफ आयो उताबाट। "को बोल्नु भएको ?" तोपले भन्यो । “यति चाँडै बिर्सनु भएको ? म सपना बोल्दैछु।" “यति लामो दिनपछि कताबाट सपना ?" -तोपले सोध्यो। "आफिसबाट नै बोलेकी। बोर लाग्यो र फोन गरेकी।" सपनाले भनिन् । “किन यस्तो बोर भएको त ? किन, आफिसमा केही काम छैन ?" तोपले भन्यो । "काम त छ। तर, किन-किन कामै गर्न मन छैन ?" -सपनाले भनिन् । "न्यू ईयर्सको दिन त मज्जा आयो, हैन ?" -तोपले सोध्यो। “मज्जा त तपाईंलाई भयो होला । तर, घर गएपछि मलाई त झन् मज्जा आयो। सबै कुरा बुझ्नभएकै होला। गालामा कति चड़कन परे ! कति लात ज्ञानुपयो! भनेर साध्य नै छैन !" -सपनाले विस्तारै भनिन्। "फेरि त्यस्तै ? पिउन पनि कति पिउन सक्न हुँदो रहेछ तपाईंको श्रीमान् खुट्टा पनि टेक्न सक्नुभएको थिएन।" -तोपले भन्यो । "त्यतिमात्र कहाँ हो र ? घरमा आएपछि अर्को एक बोतल पनि खतम भयो । अनि मेरो दुर्दशा भयो । मलाई त एक छिन पनि बाँच्न मन छैन। कहीं गएर आत्महत्या गरूँ जस्तो लाग्दछ। एक दिन होइन, दुई दिन होइन! सधैँ यस्तै हुन्छ भने मैले के बाँचेर बस्नु यो संसारमा अब! के गर्नु, काल पनि आउँदैन ! मर्न पनि सकिन्न, सानो बच्चा छ। त्यो नभएको भए न के-के गरिसक्ने थिएँ।" सपनाले १२ : लुकेको समाज भनिन् । "तपाई र साह्रै कमजोर हुनुहुँदो रहेछ। आपत्तिको बेलामा मनमा धैर्य गर्नुपर्छ। कति यस्ता स्वास्नीमानिसहरू यस संसारमा छन् धैर्य गर्नोस्। मलाई पनि अतीतको सम्झना आउँछ। तर, फाइदा के!" त्यसपछि कुरै नगरी तोपले फोनको रीसिभर राखिदियो । "तोपजी, तोपजी," भनेर सपनाले टेलिफोनमा भनिन् । तर, आवाज केही पनि आएन र सपनाले टेलिफोन राखिदिइन्। सपनाले तोपको मनको सबै कुरा बुझिम्। तर, बुझेर पनि उनी के गर्न सक्थिन् र ? दिनभरि सपना आफिसमा काम गर्दथिइन् । सबै साथीहरूसँग मीठा-मीठा गफ गरेर आफूलाई कहिले पनि दुःख परेको कुरा बन कसैलाई देखाउँथिइन् न कुनै साधीलाई भन्थिन्। जब साँझ पर्दैजान्थ्यो, उनको मुटु काम्न थाल्दथ्यो। तोपले आज सपनाले भनेको सबै कुरा कोठामा बसेर सोचिरहेको थियो। सपनाको दुःखले तोपलाई पनि धेरै दुःखी बनायो। तर, सानो भूलले तोपले आफ्नो जीवन बिगायो। अनि सपनाको पनि। यदि तोप र सपना साथै भएका भए कति मीठो जीवन हुँदो हो। तर, भाग्यमा लेखेको कसले मेट्न सक्तथ्यो ! सपनासँग बिहे गर्ने कुरा तोपले आफूले मानिसको हात नपठाएको होइन। तर अभाग्यवश सपनाको बिहे देवसँग छिनिसकिएको रहेछ। यसै बेलादेखि तोपको जीवनमा केही दाग लागेको थियो। यो दाग सपनासंग न्यू ईयर्सडेमा झन् चम्कन थाल्यो। सपनालाई पनि तोपको सबै कुरा छोटकरीमा बताएको दिनदेखि तोपको सम्झना बढ्न थाल्यो। सपनालाई त्यो दिन भएका एउटा कुराको सम्झना कहिले पनि बिर्सन सकिने खालको थिएन । त्यो शब्द थियो- "कुनै आपत्ति परेको बेलामा मलाई नबिर्सनु। यस्तै कुराहरू सपना सोचिरहेको थिइन्, आफ्नो टेबुलमा बसेर। यतिकैमा उनकी साथी जाएर भनिन्- "कति काम गरिरहेको आज ? पाँच बज्न थाल्यो। घर जाने सुरसार गर्नुपर्दैन अब ?" लुकेको समाज : १३ सपना तन्द्राबाट झल्याँस्स भइन् र पड़ी हेरिन्। पाँच बन्न तीन-चार मिनेट बाँकी थियो र भनिन्- "मैले त आज घड़ी नै हेर्न बिर्सेछु।” यति भनी टेबलको ब्याग उठाइन् र जयन्तीका साथ हिडिन्। तोपलाई फेरि उनीले सम्झिन् र मनमा ढुकढुकी बढ़ाउँदै जयन्तीको साथ परतर्क गइन्। 8 पूरण आफ्नो कोठामा बसेर फाइल हेरिरहेको थियो। त्यो फाइल अत्यन्त ज थियो। फाइल हेरेर एउटा प्याडमा नोट गरिरहेको थियो उसले। यत्तिकैमा कोठाको ढोका ढच्चाक-ढच्याक गरेर रूपा कोठाभित्र पसिन्। “के भयो रूपा ? केको फाइल लिएर आयौ ? म अलि बिजी छु। के जरूरी छ?" -पूरणले सोध्यो। "त्यत्तिको जरूरी त छैन । तर, यसको जवाफ आज या भोलिसम्म कोटेशन पठाइदिनु भनेर लेखिएर आएर आएको छ।" रूपाले भनिन्। "सबै कुरा आज नै चाहिन्छ होइन, सबैलाई ? आज लम्नुपर्छ भनेर लग्यो। अनि लगेपछि भोलि भन्ने कहिले सिद्धिदैन यहाँ। यस्तै छ। नगरे पनि नहुने। बिजिनेसको ट्याक्टिक्स नै यही हो म त दिक्क पनि भइसकेँ।" -पूरणले भन्यो। रूपा चूप लागिन्। केही पनि बोलिनन् । "ठीक छ तिमी त्यो फाइल यहीं राखेर जाउ म यो काम खतम भएपछि तिमीलाई बोलाउँछु। म रातो लाइट बाल्दछु।" यति भनेर पूरणले रातो स्विच खोल्यो। रूपा त्यहाँबाट फाइल टेबुलमा राखेर पूरणको कोठाबाट बाहिर निस्किन्। आफिसको कोही मानिस पूरणलाई भेट्न फाइल बोकेर आए पनि रूपाले रातो बत्ती देखाइदिन्थिन् र आएका सबै मानिसहरू रूपालाई 'बत्ती निभेपछि मलाई १४ : लुकेको समाज बोलाइदिनोस् है भनेर फर्कन्थे । धेरै बेर बत्ती बलि नै रह्यो। निभेको थिएन। रूपालाई पनि धेरै बेर बत्ती बलिरहँदा गजब लायो। बेला-बेलामा रूपा पूरणको ढोकातर्फ नै हेरिरहन्थिन् । केही बेरपछि पूरणको कोठको घन्टी बज्यो। घन्टी बज्नासाथ आफ्नो साडी मिलाउँदै रूपा पूरणको कोठाभित्र पसिन् । रूपालाई देख्नासाथ पूरणले भन्यो- "किन, कोही पनि छैन आज ? कोही पनि आएनन् ?" “रातो बत्ती बलिरहेकोले सबै फर्के। "म पनि कस्तो हुस्सू ! बत्ती निभाउने बिर्सेछु।” भनी रातो बत्ती निभायो । रूपाले ल्याएको फाइल पूरणले हेरिसकेको थियो। र भन्यो- “तिमीले यो चिट्ठी पढयौ, रूपा ?' "हेरिसकें। खाद्य संस्थानलाई ठाउँ-ठाउँमा खाद्यान्त्र पुन्याउन बीसवटा ट्रक रचार कार चाहिएको रहेछ। यसैको विषयमा कोटेशन मागेको छ। रूपाले भनिन् । "ठीक छ। त्यो चार नम्बर फाइल झिक त ?" “पूरणले यति भन्नासाथ रूपाले चार नम्बरको फाइल त्यही कोठाको दराजाबाट झिकेर ल्याएर अगाड़ि राखिदिइन् । पूरणले सबै कुरा हेयो चिट्ठीको र भन्यो- "यो बिजिनेस ठूलो छ। मौका गुमाउन हुँदैन। तिमी लेख त, ड्राफ्ट गराइदिन्छु।" रूपाले कलम र कागज ठीक गरिन्। "अरू त सबै तिमीलाई थाहा छँदैछ। पैसाको विषयमा भने यति लेख्नु।" डिस्काउन्ट साढ़े दुई पर्सेन्ट दिने पनि कुरा गर्यो। रूपा गइन्। पूरणले कम्पनीको साउँ भन्दा साढे दुई प्रतिशत बढ़ाएर हिसाब गरेको थियो। रूपाले सबै टाइप गरेर पूरणले भने जस्तै गरेर ल्याइन् र पूरणलाई दिइन् । लुकेको समाज : १५ पूरणले सबै पढचौ, त्यो टाइप गरेको चिट्ठी। पूरणले सबै पढेपछि सही गर्यो र रूपालाई दिँदै भन्यो- "सबै क्याटलग पनि हालिदिनु र पठाउनुभन्दा पहिले देखाएर पठाउनु । "हवस्" भनेर रूपा बाहिर गइन्। पूरणले रूपाको सारा शरीर पछाडिबाट हेन्यो । सबै कुरा ठीक गरेर खाम पूरणको अगाडि राखिदिइन्, रूपाले। 'गुड' अब यसलाई आजै पठाइदिनु।" रूपा जान लागेको मात्र थिइन्, 'रूपा' भनेर पूरणले बोलायो । रूपा फर्केर आइन् र पूरणले रूपलाई भन्यो- "आज तिम्रो के काम छ ?" "आफिसको काम अरू केही छैन।" -रूपाले भनिन् । "तिमीलाई यो साड़ी कति राम्रो सुहाएको! कहाँ किनेकी ?" “यति चाँड़ै बिर्सेको ? दुई महीना पहिले हजूर हबकन्न गएको बेलामा ल्याइदिएको होइन ?" -रूपाले हाँसेर भनिन् । "मैले त भुसुक्के बिर्सेको। हो त, अहिले पो त सम्झना आयो ।” ‘‘बिजी मानिसको बिर्सने बानी हुन्छ रे!" -रूपाले हाँसेर भनिन्। “आज म तिमीकहाँ आउँछु। तिमी हुन्छ्यौ ? कि अरू ब्वाय फ्रेण्ड छ ?" “कसरी भन्न सकेको यसरी ?" रूपाले रिसाए झैं गरेर भनिन्। "उसो भए तिमी डेरामा नै बस है त। म आउँछु सात बजेतिर। आज हाँसको रोस्ट खाने है ?" पैसा लिएर जाऊ भनी जेबमा हातमात्र हाल्न थालेको थियो, रूपाले भनिन्- “एउटा हाँस किन्न मसँग पैसा हुँदैन र ? म सबै ठीक गर्छ । आउनु नि! बिर्सनु त हुन।" "के बेर र! ठूला मानिसको बिर्सने बानी हुन्छ, हैन त ?” "पेच हान्न पनि सिपालु उत्तिकै ! सबै थोकमा सिपालु !” -रूपाले हाँसेर भनिन्। "त्यसो भए तिमी आज चाँडै जाऊ र सब ठीक गर। म ठीक सात बजे आउँछु।" -पूरणले भन्यो । १६ : लुकेको समाज "हुन्छ, म पर्खिरहन्छु।" -यति भनेर रूपा बाहिर गइन् । आफिसको समय खतम भएपछि पूरण घरमा गयो र हलुका लुगा लगायो । अनि एक बोतल कागजमा बेरेर ठीक समयमा घरबाट कारमा चढेर गयो, रूपाको डेरातर्फ। ठीक सात बजे पूरण रूपाको डेरामा आइपुग्यो। रूपा पूरणलाई पर्खिरहेकी थिइन् । कारबाट हिस्की शीशी झिकेर ढोकामा उभिइरहेकी रूपालाई दिंदै भन्यो- "ठीक समय आएँ कि आइन त ?" “दुई मिनेट ढीला भएछ।” अनि रूपा र पूरण भित्र पसे। रूपाले ढोका लगाइन्। रूपाके कोठामा पुगेर दुवैजना बसे। "अब के ल्याऊँ त ?” -रूपाले हाँसेर भनिन् । "के ल्याउनुपर्छ, थाहा छैन ?" पूरणले भन्यो । रूपाले दुई गिलास र जगमा पानी लिएर आइन्। “किन तिमीले अझसम्म कपडा बदलेकी छैनी। जाऊ, बदलेर आऊ। यो अफिस होइन।” -पूरणले भन्यो । रूपा केही नबोली बाथ रूममा गएर हरियो पातलो म्याक्सी फेरेर आइन् र पूरणको साथ बसेर भनिन्। -"अब त चित्त बुझ्यो ?” पूरणले केही नभनी ह्विस्की खोलेर दुई गिलासमा खन्यायो । "मलाई त अलि थोरै है।" -रूपाले भनिन्। “किन म आएँ भनेर ?" -पूरणले गिलासमा पानी हाल्दै भन्यो। "होइन, आज अलि कपाल दुखेको छ।" -रूपाले भनिन् । पूरण बोल्यो “यसले त चटक्क निको पार्छ।" अनि दुवैले पिउन थाले। दुवैलाई केही नशा लाग्न थाल्यो । "एउटा कुरा भनु है रुपा ?" -पूरणले भन्यो । लुकेको समाज : १७ "भन न ! एउटा किन, सबै भन न !" -पूरणले भन्यो । तिमी!" -पूरणले भन्यो । "तिम्रो त्यो छातीको बोडीज फुकाल न। झन् कति राम्रो हुने थियो होला -रूपाले भनिन् । “छि ! कस्तो कुरा गरेको ? तिमीलाई लाज लाग्दैन ? म त फुकाल्दिन ।” "मलाई मारेको पाप" पूरणले किरिया खाएर भन्यो । “तिमीसित त मेरो केही लाग्दैन बाबा!" भनेर रूपाले बाडी खोलिन्। दुवै हातले रूपाका अनारदाना समात्यो। "वाह, अब पो सुहायो, तिमीलाई!" -यति भनेर पूरणले भन्यो र आफ्ना रूपालाई पनि कस्तो कस्तो लाग्यो। पूरणले रूपालाई किस गर्यो। दुबैले किस गर्नसम्म गरे । रूपाले सोधिन्- "तिमीले यस्तो कसैसँग गरेका छौ पहिले ?" “किन एक चोटि भन्छ्यौ, कति चोटि भनेर भन न !" “कति चोटि ?" रूपाले भनिन्। “पचासौँ। म सेक्सलाई खराब कहिल्यै मान्दिनँ। यो समाजले लुकाउन मात्र खोजेको हो। सत्य कुरा छिपाउनुमा के फाइदा ? कतिले कस्ता-कस्ता गरेका छन् !" पूरणले रूपाको दुवै अनारदान समोतर किस गरेपछि भन्योः “मैले भनेको कुरा तिमीलाई कस्तो लाग्यो, रूपा ? ठीक भनें कि भनिन ?" “तिमीले भनेको सत्य हो, पूरण ! मेरो विचार पनि यस्तै छ।" -रूपाले भनिन्। ह्विस्की पिउँदै भन्यो पूरणले- "म सत्य भन्दछु । मेरो बिहेपछि यो सेक्सको सबै स्वतन्त्रता म मेरी स्वास्नीलाई दिन्छु।' यस्तो कुरा सुन्दा रूपा छक्क परिन्। "रूपा ! तिमी पनि जवान केटी छौ। सबैलाई सेक्स मन पर्छ । यति मात्र हो कि तिमीहरू लुकाउन सक्तछौ। मलाई छोएर भन त- तिमीले सेक्सको आनन्द लिएकी छैनौ ?" पूरणलाई अंगालो मारेर रूपाले भनिन्- "जब तिमी यति फ्रेम छौ, त म किन नहुने। पाँच-सातजनासंग मैले पनि सेक्सको आनन्द लिएकी छु।" १८ : लुकेको समाज "स्याबास, तिमीदेखि म कहिले केही छिपाउने छैन। यो मेरो प्रामिस" केही क्षणपछि दुवै टाँस्सिएर सुते। अनि के थियो! सबै चल्दै गयो ! एक, दुई, तीन गरेर । आज किन-किन पूरणमाथि ठूलो विश्वास भयो रूपालाई। धेरै बेर आनन्दमा डुबेर हाँसको रोष्ट खाये। पूरणले भन्यो- “हाम्रो सेक्सको इतिहास कहिले भन्ने त ?" “तिमी जहिले भन्छौ।" रूपाले भनिन् । “तिमीसित सबै नढाँटेर भन्छु भएभरको सबै कुरा ! अनि तिमी पनि है त ?" "प्रोमिस! एक दिन अलि चाँड़े आएर सबै यहीं कुरा गरौंला।" भनी पूरण निस्क्यो। बाँकी भएको ह्विस्की रूपाले दराजमा राखिन् । क्याप्टेन मीनबहादुर खड्काको चिट्ठी आयो। राजू पास भएको सुन्दा उनीलाई निकै खुशी लाग्यो । मनमा क्याप्टेनले शान्ति पाए। अर्को कुरा-राजूको आर्मीमा जाने विचार भएको र आफूले पनि यही चाहेकोमा अब उनको मनको ध्येय पुग्ने भयो भन्ने आशाको टुसो पलायो । क्याप्टेनले आफू रिटायर हुने समय भएकोले एक चोटि राजूलाई बेलायत बोलाउने विचार गरे। अर्मीमा जागीर खानु कम सजिलो कुरो थिएन । सबै कुरा तन्दुरुस्त चाहिने थियो। पूरा छाती भएको, अंग्रेजी राम्रोसँग बोल्न सक्ने, हाइट पनि ठीकको हुनुपर्ने इत्यादि। यो सबै कुरा राजूमा थियो। राजूले अवश्य पनि आर्मीमा काम पाउँछ भन्ने क्याप्टेनलाई ठूलो आशा र भरोसा थियो । यही सब बिचार गरेर क्याप्टेन मीन बहादुरले राजूलाइ चाँड़ै बेलायत झिकाउने फैसला गरे मनमनै। |