क्याप्टेन मीन बहादुरले राम्रो काम गरेका हुनाले सबै त्यहाँका मानिसहरूको पनि उनीसित राम्रो सम्बन्ध थियो। उनीलाई सबैले छोरालाई आर्मीमा हाल्नै पर्छ भन्ने सल्लाह पनि दिए। यी सबै कुरा सोचेर क्याप्टेन मीन बहादुरले छोरालाई सकेम्म चाँडो एक चोटि बेलायत आउनु भन्ने पत्र लेखे। आउने समय ठीक गरी लेखेर पठाउनु अनि म पैसा र टिकटको बन्दोबस्त गरी पठाउनेछु। ढीला नगर्नु ढीला भयो भने सबै कुरा बिग्रिन्छ भन्ने मुख्य प्रसंग थियो चिट्ठीको। राजूले बाबुको चिट्ठी सबै राम्रोसँग पढ्यो र दाजु तोपलाई देखायो। चिट्ठी पढेपछि तोपले भन्यो- “त्यसो भए, छिटै जानुपयो। ढीला गर्नु भएन। बुबाको रिटायर हुने बेला नजीकै आइसक्यो ! सबै साथी भाइ र बुबाका माधिका आफिसरहरूसँग कुरा गर्नुपर्छ होला। जहाँ भए पनि सोर्स र फोर्स नभई काम हुँदैन। तँ जाने दिनको ठेगान गरेर बुवालाई चिट्ठी लेखिहाल।" तोपले भन्यो । "म आजै चिट्ठी लेख्दछु। यहाँ सबै कुरा पनि त मिलाउन पर्ला नि !" राजूले भन्यो । "यहाँको सबै कुरा छोड़िदे। सबै म मिलाउने छु । बेलायतबाट बरू बुवालाई परराष्ट्र मन्त्रालयलाई चिट्ठी लेख्नु भनेर भन्नु । अरूकेही नभन्नु 'भेट्नको निमित्त मात्र लेख्नु भनेर' पत्र लेखिहाल्!" -तोपले भन्यो । “म एक्लै कसरी जाने ? कहिले पनि गएको छैन।" -राजूले भन्यो । "म पनि पहिले कहाँ गएको थिएँ । तँ चिट्ठीमात्र लेख्। म सबै के-के गर्नुपर्छ पछि बताईदिउँला।" -तोपले भन्यो । "हुन्छ त दाइ, म अहिले नै गएर लेख्छु सबै कुरा।" -यति भनी राजू दाइको कोठाबाट आफ्नो कोठातर्फ लाग्यो, बाबुलाई चिट्ठी लेख्न तोपलाई पनि खुशी लाग्यो। बुबाको अब चित्त बुझ्ने भयो भनेर। राजूलाई आर्मीमा जान मन लागेको थियो । बुवालाई पनि एउटा छोरोलाई आफ्नो बिंडो थाम्न मन लागेको हो। सबै कुरा मिल्ने नै भयो । २० : लुकेको समाज तोपलाई भने आफ्नो कुनै कुराको ठेगान नै भएको थिएन । त्यसैले उसको मन ठीक थिएन। पूरणको बाबु फर्किसकेको थियो। पूरणको कोठामा पूरण र तोप कुरा गरिरहेका थिए। पूरणको बाबुले तोपलाई राम्रैसँग चिनेको थियो। केटो बेस थियो। एक दिन पूरणको बाबु उसको अफिसमा कुरा गरिरहेका थिए। पूरणको बाबु पसे। तोपले पूरणको बुवालाई उठेर नमस्कार गयो। “तिमीसित नभेटेको धेरै भयो हगि ? के गर्नु कामको निमित्त बाहिर गई रहनुपर्छ। फुर्सतै छैन।" -पूरणको बाबुले भन्यो। अनि छोरालाई सोध्यो- “खाद्य संस्थानको चिट्ठीको फेरि जवाफ आयो ?" "चार पाँच दिन अघि मलाई टेलिफोनबाट मैनेजरले बोलाएको थियो। म गएँ। सबै कुरा भयो । ठीक होला जस्तो छ । म तपाइँसँग सबै कुरा गरौंला ।" पूरणले भन्यो । “किन पूरणले मलाई नभनेको त ! त्यहाँ मैनेजिन डाइरेक्टर र मैनेजरलाई मैले राम्रैसँग चिनेको छु। सबै लेखेर पूरणलाई देऊ। म राम्रोसँग भनिदिनेछु।" -पूरणको बाबुले भन्यो । "तोप, तिमी के गर्छौ नि आजकल ?" -पूरणको बाबुले सोध्यो। “त्यसै बसिरहेको छु बुबा। होटल म्यानेजमेण्ट पढन जाने भनेको, अझसम्म जवाफ आएको छैन। खै, कहिले आउने हो । केही थाहा छैन । सोल्टी होटलमा ओबिरायको सीट आउँछ रे ? आफूले चिनेको मानिस कोई छैन त्यहाँ।" -तोपले भन्यो । "हवस्, बुवा!" -तोपले भयो। "तर, चाँडै दिनु नि ! म दुई-चार दिनमा नै जापान र बेलायत जानुपरेको छ।" - पूरणको बाबुले भन्यो । "हवस, म भोलि नै मेरो पर्सनल हिस्ट्री ल्याउँछु।" - तोपले भन्यो । "ठीक छ। म सबै कुरा जानुभन्दा अघि उनीहरूसँग राम्रोसँग जाउँला । दुई बजेतिर तिमी मलाई भेट है?" -पूरणको बाबुले पूरणको बाबुले पूरणलाई भन्यो । लुकेको समाज : २१ "हुन्छ, बुवा।पूरणले भनेपछि पूरणको बावु पूरणको कोठाबाट निस्क्यो । पूरणले तोपलाई भन्यो- "बुवाले सबै कुरा भनिदिनुहुनेउ। सधैं काम परिरहन्छ, त्यहाँ। बुवाले भन्नुभयो भने सबै काम ठीक होलाजस्तो मलाई लाग्दछ। तिमी भोलि नै फाइल ल्याउ। म पछि लाग्नेछु बुवाको।” कुरो हो।" "धन्यवाद, पूरण ! एक साथीले अर्को साथीलाई यसो भन्नु पनि गौरवको "तिमी, यो सबै कुरा छोडिदेऊ। साहित्य नमार यहाँ ? पूरणले चुरोट सल्काएर ?" भन्यो ।” हुन्छ, म भोलि नै फाइल ल्याउनेछु । बरु तिम्रो आफिसबाट कहीं जाने छैन। कुन बेला आउँ त ?" -तोपले भन्यो । “यसै समयमा आऊन । केही गरेर मलाई काममा जानुपर्यो भने एक छिन कुर्नु म मेरो सेक्रेटरीलाई भनिदिन्छु।" भनेर घन्टी बजायो । सेक्रेटरी आएपछि पूरणले भन्यो- "रूपा! भोलि उहाँ आउनु हुनेछ। केही गरेर म भइन भने नफर्काउनु। कोठामा लगेर राख्नु है ?" पूरणले घडी हेऱ्य। दुई बज्न थालेको रहेछ। “बुबाले मलाई बोलाउनुभएको छ। म जाउँ ऐले ! भोलि ठीक समयमा आउनु।" -यति भनी पूरणले एउटा फाइल झिकी हातमा लिएर उठ्यो। तोप पनि साथै उठेर कोठाबाट निस्के। तोप घरतिर गयो। पूरण बाबुको कोठामा पस्यो र मेचमा बस्यो । बाबुले सोध्यो। “मैले तिमीलाई सोधेको थिएँ खाद्य संस्थानको के हाल-खबर छ ?" -पूरणको छु।" बाबुलाई चिट्ठी देखायो र भन्यो- “अढाई पर्सेन्ट बढाएर कोटेशन पठाएको ।” “के भन्यो त मैनजरले ?” उसको बाबुले सोध्यो। मैनेजरले भन्यो – “यो डिस्काउन्ट ठीक छ।” “यो डिस्काउकन्ट उनीहरूको भागलाई होला, हैन ?” -पूरणको बाबुले सोध्यो । “तर त्यो त होला। डिस्काउन्ट दिने कुरा नलेख्नु, तपाईंले। यसो गर्यो भने २२ : लुकेको समाज गड़बड़ हुन्छ भनेर मैनेजरले भन्यो ।” “सबै कुरा मैले बुझें । त्यसै गरेर कोटेशन पठाएनौ त ?" “पठाइदिएको छु। फाइलमा नै होला।” -पूरणले भन्यो । पूरणको बाबुले भन्यो- “रहेछ। ठीक छ।” छ “कहिले बोलाएको छ त तिमीलाई, मैनेजरले।" -पूरणको बाबुले सोध्यो। "पर्सि आइतवार। तर, उसको भनाइ चाहि तीन पर्सेन्ट चाहिन्छ भनेर भन्छ।” पूरणले भन्यो। केही विचार गरी पूरणको बाबुले भन्यो "बिजिनेस ठूलो छ। यो उम्काउन हुँदैन । तिमी अढ़ाईमा नै स्टिक गर। यदि मानेन भने तीन दिनै पर्ला।” “मेरो पनि त्यस्तै विचार छ।" -पूरणले भन्यो । "लौ जे मन लाग्छ गर। बिजिनेस भने नउम्काऊ।"त्यति भनेर पूरणको बाबु उठेर गयो। ६ तोप बिहान सबेरै उठ्यो र बाथ रूममा गई मुख धोयो। अनि केही बेर कसरत गर्यो। यतिकैमा चिया आइपुग्यो अनि ऊ चिया पिउन थाल्यो। बिहानदेखि बेलुकीसम्म उसको मनले शान्ति पाउन सक्दैनथ्यो। आफ्नो पढ़ाईको मात्र ख्याल गर्दैथ्यो। होटल म्यानेजमेन्ट कोर्स राम्रो थियो। तोपको एउटा साथी पनि होटल म्यानेजमेन्ट कोर्स पास गरेर सोल्टीमा काम गर्दथ्यो । धेरै किसिमको फ्यासिलिटी थियो त्यहाँ । सबै मानिसहरूसँग उसको चिनापर्ची थियो । ठूला-ठूला हुन त, तोपलै धेरै किसिमको कोर्सहरूमा मौका नपाएको होइन; जस्तै चार्टर्ड एकाउन्टेन्सी, मास्टर अफ बिजिनेस इत्यादिमा। तर उसलाई भने होटल म्यानेजमेन्ट लुकेको समाज : २३ ने पढ्ने ठूलो सोख थियो । तोपको कोठामा गयो। यस्तै विचार गर्दै थियो, तोप। यत्तिकैमा राजू चियाको गिलास लिएर दाजु न?" राजूलाई देख्नासाथ तोपले भन्यो "राजू मलाई पनि एक गिलास चिया मगाइदेऊ त्यहाँबाट राजू फर्केर गयो र नोकरलाई तोपको निमित्त पनि एक गिलास चिया मगाई आफू फेरि दाजुको कोठामा आएर बस्यो। "बुबालाई चिट्ठी लेखिस् त तैंले ?" तोपले सोध्यो । "सब कुरा लेखेर हिजै मैले बुबालाई चिट्ठी पठाइसकें।" राजूले चिया पिउँदै भन्यो। "ठीक भएछ। म पनि चाँडै चिट्ठी पठाउने छु । मेरो पढाईको त कुनै ठेगान भएको छैन । केही ठेगान भएपछि बुबालाई चिट्ठी पठाउँछु भन्दा भन्दै पनि लामो समय भयो। अब त आफ्नो ठेगान नभए पनि चिट्ठी लेख्ने छु।" तोपले भन्यो । "किन यस्तो ढीला भएको होला ? समयमा केही पनि हुँदैन।"राजूले भन्यो। “त्यही त अचम्म लागिरहेछ, मलाई। दिनका दिन टेलिफोनबाट सोड्छु होटलमा। अझ केही खबर आएको छैन। खबर आइपुग्ने बेला त भइसक्यो तर आजसम्म आएको छैन। दुई-चार दिन अझै पर्खु। आएन भने म ट्रंक कल गर्दछु र तपाईलाई खबर गर्नेछु भन्छ त्यहाँ भएको मेरो साथीले।" तोपले भन्यो। "त्यसो भए त अब चाँडै आइपुग्ला।" राजूले भन्यो । नोकरले चिया ल्याएर तोपको साइडमा रहेको सानो टेबुलमा राखेर गयो। तोपले हेऱ्य। साढ़े नौ बजिसकेको रहेछ। “म केहीबेर बाहिरतिर घुम्न जान्छु। राजूले भन्यो। "चाँडै आउनु नि ! समयमा खाना खानुपर्छ। देखिहालिस्। आजकल नोकर पाउन कति गाह्रो छ। जसलाई पायो, उसलाई राख्न हुँदैन। अब त यो समय आइसक्यो कि नोकरले हामीलाई चाकड़ी गर्नुभन्दा हामीले नै उसको चाकड़ी गर्नुपर्ने समय आइसक्यो।"तोपले भन्यो। २४ : लुकेको समाज "म छिटै नै आउँछु। डिल्ली बजारसम्म गएर आउँछु। एउटा साथीलाई नभेटी भएको छैन । त्यो आज दिउँसो बैक जाने भएको छ। केही भिडियोको टेप मगाउनु छ, एक साथीको।" यति भनी राजू त्यहाँबाट निस्क्यो र कपड़ा बदली बाहिर निस्क्यो। 15 केही बेरमा नै राजू साथीलाई भेटेर घर आइपुग्यो। राजू आएपछि तोप र राजू दुवैले साथै खाना खाए। खाना खाइसकेपछि दुवै आ-आफ्नो कोठातर्फ लागे। कोठामा आएर तोपले एउटा सिगरेट सल्कायो र त्यहाँ भएको अखबार पढ्न थाल्यो । केही बेर अखबार पढ़िसकेपछि तोप उठ्यो र दराजमा रहेको आफ्ने सबै सर्टिफिकेट र पर्सनल हिस्ट्रीको फाईल पल्टाउन थाल्यो। सबै हेरेपछि तोपले नागरिकताको प्रमाणपत्र देखेन। नागरिकताको प्रमाणपत्र नभएकोले तोपले आफ्ना पढ्ने देबुलको दराज खोल्यो र हेयो। त्यहीं रहेछ नागरिकताको प्रमाणपत्र । यो पनि उसले फाइलमा राख्यो। अनि घडी हेन्यो। पौने बाह हुन थालेको रहेछ। फाइल ठीक ठाउँमा राखेर तोप उठ्यो र कपड़ा बदल्न थाल्यो। कपड़ा बदलिसकेपछि फाइल झिक्यो र सरासर पूरणको अफिसतिर लाग्यो। पूरणको अफिस पुग्यो तोप, ठीक सवा एक बजे। केही समय बाँकी नै थियो । तैपनि, ऊ सरासर पूरणको अफिसतिर लाग्यो। रूपाले पूरणलाई देखेर भिनन्- "पूरणजी त लन्चको लागि जानुभएको छ। आइपुग्नु होला अब चाँडै आउनोस्, भित्र गएर बस्नोस्, केही बेर” यति भनी पूरणको सेक्रेटरी रूपाले पूरणको कोठाको ढोका खोलिन् र सोफासेट देखाउँदै भनिन् “यहीं बस्नोस्। चिया, कफि या कोल्डड्रिंक केही पिउनु हुन्छ कि ?" रूपाले तोपलाई सोधिन्। "अहँ, अहिले केही पनि चाहिन्न।" - तोपले भन्यो रूपाले सिगरेटको बट्टा खोलिदिइन् र भनिन् “सिगरेट त पिउनु हुन्छ होला।" लुकेको समाज : २५ "सिगरेट त पिउछु" भनेर तोपले सिगरेट केसबाट एउटा सिगरेट झिक्यो टेबुलमा नै भएको सिगरेट लाइटर रूपाले बालिदिइन् र हौसेर भनिन्- "एकैछिन आराम गर्नोस्। पूरणजी आइपुम्नुहुने बेला भयो।" यति भनी मुसुक्क हाँसेर रूपा बाहिर गइन्। तोप सिगरेटको धुवाँ मुखबाट फ्याँक्दै मनमा अनेकौं कुराहरू सोच्न थाल्यो। पूरणको बाबुले भनिदिए झन् राम्रो हुने थियो । सबैभन्दा राम्रो मार्क मेरे छ। इन्टरप्यू लिनेले पक्षपात गरेन भने, मेरो नाम अवश्य पनि निस्कनेछ। यत्तिकैमा पूरण पनि कोठाभित्र पस्यो। तोपलाई देख्नसाथ मेचमा बसेर भन्यो, "तिमी आएको धेरै बेर भयो कि ? बिहान एउटा मानिस अफिसमा आएको थियो र त्यस मानिससँग कुरा गर्दा-गर्दै समय बितेको पत्तै भएन।" -पूरणले भन्यो। "म आएको धेरै बेर भएको छैन। पन्ध्र-बीस मिनेट मात्र भयो।" "सबै फाइल ल्यायौ त !” -पूरणले सोध्यो। "ल्याएको छु।" -यति भनेर तोपले फाइल पूरणको अगाड़ि राखिदियो। पूरणले सबै पढ़ेपछि घन्टी बजायो। घन्टीको आवाज आउनासाथ रूपा भित्र पसिन्। पूरणले भन्यो- “रूपा, दुई राम्रो कफी छिटै बनाएर पठाइदेऊ त। अनि बुबा कोठामा हुन हुन्छ कि, शोभालाई सोध है?" 'हवस्' भनेर रूपा बाहिर गइन्। कफी तुरून्त आइपुग्यो र दुबैले कफी पिउन थाले। “भरखरै पाल्नुभयो रे बुबा !” -रूपालाई पूरणले भन्यो र रूपा बाहिर निस्किन्। पूरणको बाबु कोठामा एक्लै थियो। पूरण भित्र पसेर तोप आएको कुरा भन्यो। “यहाँ बोलाऊ न उसलाई।" -पूरणको बाबुले भन्यो। पूरणले टेलीफोन उठाएर रूपालाई भन्यो- “त्यो भित्र कोठामा बसेका मानिसलाई यहाँ बुबाको कोठामा पठाइदेऊ।" ‘एकै छिनमा तोप पूरणको बाबूको कोठामा पस्यो र नमस्कार गर्यो। ल्याएको २६ : लुकेको समाज फाइल दियो। पूरणको बाबूले फाइलका कागजपत्र हेरेर भन्यो “तिमी त ब्रिलिएण्ट क्यारीएर भएके रहेछौ। तिमीले सीट नपाउने कुने कुरो छैन।" यति भनी उसले घण्टी बजायो। सेक्रेटरी आइन्। सेक्रेटरीलाई हेरेर पूरणको बाबुले भन्यो- “मेरोतर्फबाट सोल्टी होटलमा फोन गरी मिस्टर पिटरलाई छिटो देऊ त ।" 'हवस्' भनेर सेक्रेटरी त्यहाँबाट निस्किन् र एकै छिनमा फोन आयो पीटरको। "म प्रधान बोल्दैछु । कस्तो छ तपाईंलाई ?" -पूरणको बाबुले सोध्यो। "ठीक छ मलाई त । तपाइँलाई नि ?” "मलाई पनि ठीकै छ। होटल म्यानेजमेण्टको कोर्स आउँदैछ रे तपाईंको होटलमा। मेरो छोराको साथी निकै ब्रिलिएण्ट छ। लिइदिनु पन्यो ।” c “तपाईंले भन्नुभएको कुरामा म कोशिश अवश्य गर्नेछु ।" -मि० पिटरले भन्यो । “थ्याङ्ग्यू, म उसलाई तपाईंसँग भेट्नु भनेर भनिदिन्छु। प्लीज फेभर गरिदिनु होला।" -पूरणको बाबुले भन्यो । “अवश्य। धन्दा नमान्नोस्, प्रधानजी!" पीटरले जवाफ दियो। "मैले सबै कुर सोल्टीको मैनेजरलाई भनेको छु तिमी यो फाइलको कापी गरी लिएर चाँड़ै भेट। म पनि दश दिनभित्र आउँछु। अनि के भयो, सबै राम्रोसँग बुझुंला।" "पूरण, यो फाइलको कापी यहीं गराइदिनु र मेरो तर्फबाट मि० पीटरलाई एउटा इन्ट्रोडक्सनको चिट्ठी पनि लेखाउनु।” पूरणको बाबुले भन्यो । 'हवस्' भनेर दुवैजना पूरणको कोठामा गए। पूरणले रूपालाई 'भित्र आउनु' भनेर आफू भित्र पसे दुवैजना । रूपा पनि साथै भित्र गइन्। रूपालाई पूरणले सोध्यो- “हाम्रो फोटो कापी ठीक छ ?" "छ" रूपाले भनिन् । "लौ, यो फाइलको छिटो कापी गर्न लगाऊ। कति समय जति लाग्ला ?” पूरणले सोध्यो। लुकेको समाज : २७ "धेरै रहेछ। एक-डेढ घण्टा जति लाग्ला !" -रूपाले भनिन्। "ठीक छ। अनि बुबाको तर्फबाट तोपजी बारे सोल्टी होटलको मैनेजरलाई एउटा इन्ट्रोडक्शन चिट्ठी पनि राम्रोसँग ड्राफ्ट गरेर बुबाको सिग्नेचर गर्न लगाई राख्नु। यो सबै जरूरी छ, चाँडै गर्न लगाउनु।" -पूरणले भन्यो। " "म चाँड़ै गराउन लाउँछु । -भनेर रूपा बाहिर गइन् । "तोप मलाई एक ठाउँमा अप्वाइन्टमेन्ट छ। तिमी भोलि फर्स्ट अवरमा आऊ। सब म ठीक गरेर राखिदिने छु। सरि, एक छिन पनि राम्रोसँग कुरा गर्न पाइएन। बिजिनेस भनेको यस्तै हो।" "के भयो र, अरू दिन कुरा गरौंला। तिमीलाई डिस्टर्व गर्न चाहन्नँ।" भनेर हात हल्लाउँदै तोप कोठाबाहिर गयो। "म भोलि दश बजेतिर आउँछु। सबै ठीक होला।" तोपले रूपालाई भन्यो। "सबै ठीक हुन्छ । फोटो कापी गर्न पठाइसकें। चिट्ठी पनि तैयार गरेर राख्नेछु।” -रूपाले भनिन्। अनि तोप त्यहाँबाट गयो। ७ तोप सरासर गयो पूरणको अफिसबाट। राजू छ कि भनेर तोप राजूको कोठामा गयो। राजू थिएन। बाहिर गएको रहेछ। तोफ्ले राजूको टेबुलमा एउटा खोलेको चिट्ठी देख्यो। बुबाको हो कि भनेर झिकेर पढ्न थाल्यो। त्यो चिट्ठी बाबुको होइन रहेछ। राजूको गर्ल फ्रेण्डको रहेछ। तोपलाई त्यो चिट्ठी पढ्न मन लाग्यो, किन-किन। चिट्ठीमा लेखिएको थियो-'प्रिय डार्लिङ्ग ! काठमाडौँ पुग्नासाथ पत्र पठाउँछु भनेर प्रोमिस गरेका होइनौ ? खै, आजसम्म तिम्रो एउटा अक्षर पनि पढ्न पाएकी छैन। कति सेल्फिश भएको तिमी त ? यति छिटै बिर्सलाऊ भनेर मैले सपनामा पनि चित्ताएकी थिइन। तर, आज बिपना भइरहेछ। केही हाल-खबर त पठाउनुपर्ने हो तिमीले। यहाँ मलाई २८ : लुकेको समाज समोर लागिरहेछ, तिमीबिना पानीको माछा है छट्पटिनु परेको छ। केही खान मन लाग्दैन, अनि कतै जान मन गर्दैन। यही छ, मेरो हाल यहाँ केवल तिम्रो दुई अक्षर मात्र पढ्न पाए मनमा केही शान्ति पाउँछु जस्तो लाग्दछ । तर तिमीले भने दुई हरसम्म लेखेनौ। किन काठमाडौंमा तिमी साह्रै बिजी छौ ! तर जति बिजी भए पनि दुई हरफ लेने समय त अवश्य पाउने छौ। प्लीज, मेरो लागि लेख। म तिम्रो हरफका लागि इन्तजार गरिरहने छु। अरू पछि तिम्रो मायालु, बीना तोपले चिट्ठी पढ़ेपछि त्यही टेबलमा जस्ताको तस्तै राखिदियो। तोप आफ्नो कोठामा गएर बस्यो र सोच्न थाल्यो मनमा, धेरै कुराहरू । एकाएक टेलीफोनको आवाजले तोप झसङ्ग भयो र उठेर टेलिफोनको रीसीभर उठाएर 'हलो' भन्यो ! "को बोल्नुभएको ? राजू हो ?" राजू त बाहिर गएको छ अहिले घरमा छैन।" -तोपले भन्यो । "भैगो त म पछि फोन गर्नेछु ।" उताबाट जवाफ आयो र फोनको रिसीभर राखिदियो। तोपले बुक-केसबाट एउटा किताब झिक्यो र पलङमा पल्टिएर पढ्न थाल्यो । त्यो पुस्तकको नाम थियो-इन् सर्च अफ पीस याने शान्तिको खोजीमा । केही बेरपछि तोपलाई त्यो किताब पढ्न मन लागेन, मनमा शान्ति नै छैन भने त्यसको खोजी गर्नु बेकार छ। यति मनमा सोची त्यो किताबलाई आफ्नै ठाउँमा राखेर ऊ झ्यालतर्फ गयो र बाहिरतिर हेर्न थाल्यो। भोलिपल्ट ठीक समयमा तोप पूरणको आफिसमा गयो । तर, पूरण थिएन । एक चोटि आएर कामको निमित्त बाहिर गएको कुरा रूपाबाट थाहा भयो। रूपाले फाइल झिकी तोपलाई दिँदै भनिन्- "सबै कुरा ठीक छ।' "धन्यवाद !" तोपले रूपासँग फाइल लिई भन्यो- "पूरणजी कैले आउने हो ? म आएको थिएँ र फाइल लिएर गएँ भनिदिनु होला है!" लुकेको समाज : २९ "हुन्छ भनि हाल्छु नि !" -रूपाले हाँसेर भनिन्। तोप यति भनी फाइल बोकेर त्यहाँबाट निस्क्यो। बाटोमा तोपले आफ्ना साथ पढ़ेको साथी दीपकसित भेटचो। अचम्म मानेर दीपकले भन्यो- "तोप, तिमी कहाँबाट यहाँ ? बेलायत बुबाकहाँ गएका थियौ भन्ने सुनेको थिएँ। कहिले फक्यों ?" "भयो दुई-तीन महीना। तिमी आज काल के गर्दैछौ, दीपक ?" तोपले सोध्यो । "के गर्नु, गोरखा ट्राभेल एजेन्सीमा एकाउन्टेन्टको काम गर्दैछु । येनकेन गुजारा चलेकै छ। तिमी के गर्छौ नि ?" दोपकले सोध्यो। "" "यसै रुमलिरहेको छु । -तोपले भन्यो । "तिमी जस्तो ब्रिलिएन्ट फर्स्ट क्लासको मानिसले पनि अझ काम पाएका छैनो ? गजबको कुरा सुनें, मैले त । नेपालमा एम्० कम० मा टप गरेको मानिसले पनि काम नपाउने !" दीपकले भन्यो । “कहाँ जान लागेको अहिले ?" सोच्यो दीपक ले। "कहाँ जानु ? घर जाँदै छु।" तोपले भन्यो । "हिंड़, आज मसंग। लञ्च साथै खाउँला र अतीतका मीठा-मीठा कुरा गरौंला।" -दीपकले भन्यो। “कुनै अरू दिन खाउँला, हुन्न” -तोपले भन्यो। “आज के भयो र अरू कुनै दिन भनेको ? तिमीले आज मसँग लञ्च खाने पर्छ।” दीपकले जोड़ दिएर भन्यो । तोपले दीपकको कुरा काट्न सकेन र उसका साथ जानै पयो । “पहिले अफिस जाऔं । केही काम अहाउनु छ। केही बेर कुरा गरौं। भरखरै अफिसतिर लागे । बाह्र पनि बजेको छैन। हिंड़, आफिस जाउँ ।” दीपकले भन्यो र दुवैजना दीपकको अफिस पुगेपछि तोपले रिसैप्शनमा सुभद्रालाई भेट्यो, उसलाई उसले देहरादूनमा भेटेर फुपूको छोरीसँग दुई-चार चोटि घुम्न र सिनेमा हेर्न गएको थियो। ३० : लुकेको समाज रिसेप्शनमा पुगेपछि दीपकले सोध्यो- “मैनेजर साहेब आउनु भयो ?" “अझ आइपुग्नु भएको छैन।" -उनीले भनिन्। "ए, मैले त चिनाउनै बिर्से छु। उहाँ! मेरो पुरानो साथी तोप विक्रम।" दुवैले अतीत सम्झे । “तपाईंलाई कहीं देखेजस्तो लाग्छ। शायद देहरादून हो कि ?" -तोपले सोध्यो । "होला, मेरो घर देहरादून नै हो। करीब आठ-दश महिनादेखि यहाँ काम गर्दैछु।" -सुभद्राले भनिन्। चिनेर पनि उनीले नचिनेझैं गरिन्। "हामी लञ्चमा जाँदै छौं। केही समयमा म फर्कन्छु । कसैले सोधे भने लञ्चमा गएको छ भन्नु है!" -यति भनी केही बेरको निमित्त कोठामा गएर लञ्चमा गए, दुवै जना। “तिमीले सुभद्रालाई देहरादूनमा चिनेको ?" “मेरो फुफूकी छोरोसँग म कतिचोटि सिनेमा र घुम्न गएको थिएँ। आज त नचिने जस्तो गरिन्।" -तोपले भन्यो । “त्यसको कुरै नगर। आजकल मैनेजरको खूब मन परेकी छ। मौका पाई भने सबैसँग घुम्न जान्छे। नामुद भइसकेकी छ त्यो केटी।" -दीपकले भन्यो । दुवैले कुरा गर्दै खाना खाए। खाना खाएपछि दीपक घर गयो र तोप सोल्टीतर्फ हिड्यो। ८ पूरण आज किन-किन केही सोचमा परेको देखिन्थ्यो। रूपाले पूरणको हँसिलो मुख मलीन देखेर भनी- "किन आज सन्चो छैन कि ?” "ठीकै छ। केही भएको छैन । कुनै कुरा सीरियससाथ सोच्नुपरेको छ । बु जापान जानुभयो। सल्लाह गर्न पाइएन।" -पूरणले भन्यो । लुकेको समाज : ३१ एक दिन बिदाको दिनमा पूरण र केही साथीहरू पिकनिक गएका थिए। बिहान करीब आठ बजेतिर उनीहरू बूढ़ा नीलकण्ठतिर लागे। साथमा दुई-चार केटीहरू पनि थिए। रूपा पनि साथमा थिइन्। S75 बूढ़ा नीलकण्ठको दर्शन गरेर उनीहरूले सल्लाघारीमा पिकनिक मनाउने विचार गरेका थिए । बूढ़ा नीलकण्ठका दर्शन गरेर ती सबै कार र मिनी बसमा टोखा जाने बाटोतर्फ लागे। सल्लाघारी साह्रै नै राम्रो ठाउँमा थियो। बाटोको अलिभित्र एउटा चौर थियो । पानीको अभाव थिएन त्यहाँ। छेउबाट नै सानो खोला बगेको थियो। त्यहींबाट जताततै राम्रोसँग देखिन्थ्यो । पूर्वमा बूढ़ा नीलकण्ठ स्कूल र दक्षिणमा विष्णुमतीको खोला नागबेली भएको दृश्य त झन् प्राकृतिक सौन्दर्यलाई राम्रो गहना लगाइदिएको जस्तो भान पर्दथ्यो । त्यहाँ पुगेर उनीहरूले चौरको एक ठाउँमा सबै मालसामान उतारे। त्यो दिन त्यहाँ अर्को एउटा पिकनिकको पनि बन्दोबस्त भएको रहेछ। काम गर्ने मानिसहरू पहिले नै त्यहाँ पुगेर सरसामान ठीक गरिरहेका थिए । कोही प्याज काट्दै थिए, कोही आलु सफा गर्दै थिए। पछि तिनीहरूले बुझ्दा त्यो अन्नपूर्णा होटलको स्टाफको पिकनिक रहेछ भन्ने थाहा भयो। पूरण र साथीहरू अब आफ्नो पिकनिकमा सम्मिलित भए। सबैजना खाने कुराको तरखरमा लागे। कोही पानी ओसार्ने, कोही चामल धुने, प्याज-लसुन छोड़ाउने काममा लागे, उनीहरू। स्टिरियो बाजा घन्किरहेको थियो। सबै डान्सका मूडमा थिए। तर काम ज्यादा भएको उनीहरूलाई नाच्ने फुर्सतै थिएन। पूरणले सिगरेट सल्कायो र उनीहरूका साथ दिएर प्याज छोड़ाउन थाल्यो । तर, प्याजको रन्को परेर उसको आँखाबाट आँसु आउन थाल्यो । यस्तो देखेर सबै केटीहरू हाँस्न थाले। रूपाले भनिन्- काम गर्न नजान्नेले ३२ : लुकेको समाज के काम गरेको होला ? जानोस् बरू फोटोहरू खिच्नोस्।" ""ठीकै भन्यौ तिमीले" भनी पूरण क्यामरा लिएर फोटो खिच्ने तरखरमा लाग्न थाल्यो। काम गरिरहेका मानिसहरूको केही फोटो लियो र प्राकृतिक सौन्दर्यको पनि चारैतिरबाट फोटो लियो, पूरणले । यत्तिकैमा एउटा मिनी बस त्यहाँ आइपुग्यो र रोकियो। अन्नपूर्णाको स्टाफहरू सबै बसबाट ओर्लेर आफ्नो ठाउँतिर लागे । कसैको हातमा क्यामेरा थियो, कसैको हातमा स्टिरियो र कसैको मा बाइनाकूलर थियो अन्नपूर्णा का मानिसहरूले जनरल इम्पोर्टका मानिसहरू पिकनिकमा ल्याएका खबर थाहा पाए। पिकनिकको इन्चार्ज आज रूपा थिइन् । आज दुवै पार्टीका केटीहरू पिकमूडमा थिए। आफ्नो ठाउँमा बसेर कोही ताश खेल्न थाले । कोही कामतिर लागे र कोही मीठो गीत अंग्रेजी र नेपाली टेप बजाई मस्तसँग झुम्न थाले अन्नपूर्णाका मानिसहरू । यता पूरणको पार्टी पनि कम थिएन। आ-आफ्नो धुनमा सबै मस्त थिए। केही बेरमा ब्रेकफास्ट तैयार भयो र सबैले खान थाले। या स अन्नपूर्णाका मानिसहरूले ब्रेकफास्ट बनाएरै ल्याएका हुनाले उनीहरूले केही चीज बनाउनुपरेन र उनीहरू पनि ब्रेक फास्ट खाँदै बियरको मज्जा लुट्न थाले। रूपाले पूरणलाई ब्रेक फास्ट ल्याएर दिइन् र बियर पिउने कि नपिउने ? भनेर सोधिन । पूरणले भने- “अहिले बियरै खाउँ । तर, मलाई बियरले त्यस्तो फाइदा गर्दैन। जे भए पनि दुई क्यान बियर ल्याऊ। त्यो जर्मनको चाहिं बियर ल्याउनु है।" पूरणले अन्नपूर्णाको ग्रूपमा एउटी केटी देख्यो। साह्रै राम्री थिई ती केटी। उनको काममा त्यत्तिको चहल-पहल थिएन। घिउ रंगको पाइन्टमा रातो बुट्टे कमीजमा उनी यति राम्रो देखिन्थिन् कि बयानै गर्न सकिंदैनथ्यो। पूरण पनि राम्रो, लायक, अल्गो र गोरो केटो थियो। जब कहिलेकाहिं पूरणसँग आँखा जुध्थ्यो त उनी टाउको निहुराउँदथिइन् । लुकेको समाज : ३३ | पूरणले हरियो बुट्टे बुशसर्ट र सेतो ग्याबर्डिनको पाइन्ट लगाएको थियो। ती दुवै ग्रूपमा पूरण हीरो जस्तो देखिन्थ्यो। ऊ एउटा रुखमनि बसिरहेको थियो एक्लैले अरू सबै बाजाको सुरमा मस्त थिए। तर अन्नपूर्णाको केटी पनि अलि पर एक्ले देखेर लट्ठ भएको थियो। पूरणले मौका पारेर आफ्नो क्यामेरा चारैतिर । बसेर ब्रेकफास्ट र कोकाकोला खाइरहेकी थिइन्, चारैतिर होर। पूरण त्यो केटी त्यो केटीको दुई-तीन फोटो लिइहाल्यो। बियर लिएर रूपा आइन् र बियर पूरणको नजीकै राखेर भनिन्- आज किन • तिमी मूडमा छैनौ नि ? के भयो तिमीलाई ? रमाइलो गर्ने भनेर आएको त तिम्रो मूड अफ पो भयो। बिहानसम्म त खूब हॉस-खेल गर्दै आएका थियौ। अहिले एकाएक के भयो ? कुन चिन्तामा पयौ ?" यत्तिकैमा सुनीता त्यहाँ आइपुगिन् र भनिन्- "सरलाई केही अरू ल्याउँ कि? एउटा ब्वायल फुल ल्याउँ ?" “पर्दैन, सुनीता मैले धेरै खाइसकें। घरमा पनि चिया र फुल खाए आएको।"पूरणले यति भनेपछि सुनीता त्यहाँबाट गइन् । रूपा भने त्यहीं थिइन्। 'रूपा, त्यो एक्लै तिम्रो अगाडि बस्ने केटी को रहिछ ? म त्यसैलाई हेरिहेको थिएँ। हेर न, मुखमा हँसाइ पनि छैन । कुनै पीरमा डुबेर बसेकी जस्तो लाग्छ।' -पूरणले भन्यो । " “तिमीलाई त जुन केटी देख्यो, त्यही राम्रो लाग्छ हैन!” -रूपाले भनिन्। “सत्ते हेर न ! त्यो मूडमा त्यो केटीको रूप झन् झल्केको छ।" -पूरणले भन्यो । “को रहिछ त्यो केटी म बुझ्दछु। त्यो ग्रूपमा मैले एउटी केटीलाई चिनेकी छु। म त्यो केटीसँग बुझ्दछु। पूरण र रूपा सबै कुरा खुल्लमखुल्ला गर्दथे। "प्लीज, पत्ता लगाऊ न है।" -पूरणले बियर पिउँदै भन्यो । “म अहिले नै पत्ता लगाउँछु।” -रूपा यति भनेर त्यहाँबाट गइन्। पूरणलाई बियर ल्याएको, ब्रेक फास्ट दिएको त्यो केटीले सबैको आँखा छलेर ३४ : लुकेको समाज हेरिरहेकी थिइन्। सबैजना कुरामा मस्त थिए। पिकनिकको साँच्चिकै मीठो वातावरण थियो। तर पूरणको भने त्यो केटीको रूप-रंगले छोएको थियो। रूपा पानी लिने निहुँ गरेर त्यतितिरै गइन्। "हलो रूपा! तिमी पनि पिकनिकमा ?" रूपाकी साथीले भनिन्। "त्यो त तिमीले देखेकै छौ नि ! किन सोधेकी ? रमाइले छ पिकनिक हैन ?" "अझ फुल स्विंगमा अझ डान्स शुरू भएको छैन।" -रूपाकी साथीले भनिन् । "त्यो एक्लै बस्ने केटीको हो है? बड़ो सोचमा पो देखिन्छे।" -रूपाले सोधिन्। "हाम्रै अफिसकी हो, मीना उनको बानी नै धेरै नबोल्ने छ। कलकत्ताबाट आएकी ऐग्लो-नेपाली हो। हाम्रो होटलकी असिस्टेन्ट प्रोक्योरमेन्ट अफिसर छिन्। एक-दुई दिनदेखि मीनाको मूड ठीक छैन। किन हो, कुन्नि ?" रूपाकी साथीले भनिन्। "यस्तो मानिस पिकनिकमा किन आएको त ? कसैले कर लगायो कि क्या हो ?" -रूपाले सोधिन्। "सबैको करमा उनी पनि आएकी हुन्।"-रूपाकी साथीले भनी। रूपाले अरू केही नभनी गइन् र भनिन्- "फेरि कहिले भेटुँला नि !" पूरणले यो सबै देखिरहेको थियो एक छिनपछि नाचगान शुरू भयो। सबै आफ्नै मूडमा नाच्न थाले । पूरणले जिन टनिक खायो। सबैले उनीलाई नाच्न कर लगाए। आखिर उनले दुई-चार केटीसँग नाच्यो। त्यो केटीले पूरण राम्रोसँग नाच्ने रहेछ भन्ने थाहा पाइन् र पूरणको नाच खूब हेरिन् । धेरै बेरपछि खाना खाएर पूरणको पार्टी त्यहाँबाट हिंड्न थाल्यो । त्यो केटीलाई पुणले हेन्यो। दुवैको आँखा जुध्यो। अलि हँसिलो अनुहार देखियो केही बेर स्पो केटीको। अनि तुरन्तै उनी आफ्नो पहिलो मूडमा आइन् । केही बेरपछि हिंडे पूरणको पार्टीका मानिसहरू । लुकेको समाज : ३५ ९ घर गएपछि पूरणलाई त्यही केटीको सम्झना मात्र आयो। रातमा पनि ऊ राम्रोसँग निदाउन सकेन। त्यो केटी को रहिछ भनेर सोध्ने रूपासँग भौका नै पाएन त्यो दिन। त्यो केटीको रूप, शरीरको बनौट, कपालको छाँट र गोरो वर्ण मनमोहक थियो। आजसम्म उसले त्यस्तो केटी देखेको थिएन। झन् त्यो मूडमा त त्यो केटी स्वर्गकै अप्सरा जस्तै देखिन्थिन्। भोलिपल्ट पूरण अफिसमा ठीक समयमा गयो र टेबुलमा बाबुको एउटा तार देख्यो। तार पढ्यो, जसमा लेखिएको थियो-अस्तिको कुरामा तीन दिए हुन्छ। म भोलि बेलुकी लण्डन जाँदैछु। करीब डेढ़ हफ्तामा काठमाडौं फर्कने प्रोग्राम छ। म लण्डनबाट आउने दिनको निमित्त तार दिनेछु । अरू केही थिएन केबुलमा। केही बेरपछि रूपा कोठाभित्र पसिन् र भनिन्- “आज ठीक तीन बजे खाद्य संस्थानका मैनेजरले उसको आफिसमा टायम दिएको छ। भरखरै फोन आएको थियो।" "ठीक छ। मलाई साढ़े दुई बजे सम्झाउनु है।" -पूरणले भन्यो । “हुन्छु। म नोट गरेर राख्छु। अँ, बिर्से छु। तिमीले भनेको हिजोकी केटीको नाम मीना रहेछ। अन्नपूर्णा होटेलमा असिसटेन्ट प्रोक्योरमेन्ट अफिसर रहिछ। आज तीन-चार दिन भयो रे, उनको मूड खराब भएको। तिनीहरू कसैलाई थाहा छैन रे। उनी कलकत्ताबाट कामको लागि आएकी हुन् । उनी एक्लो-नेपाली रहिछन्। त्यो भन्दा बढ्ता केही सोध्न पाइन। अरू मानिसहरू आइपुगिहाले।" रूपाले भनिन्। “त्यसो भए अरू बढ्ता केही थाहा पाइनौ ?" -पूरणले सोध्यो। "अहँ । मानिसहरू आइपुगे। म एक दिन मेरी साथीलाई घरमा खाना ख बोलाउँछु र सबै पत्ता लगाउने कोशिश गर्नेछु।"रूपाले भनिन् । ३६ : लुकेको समाज "प्लीज, सबै डिटेलमा पत्ता लगाउनु है ! बरू चाँडै बोलाउने प्रोग्राम गर्नु।" -पूरणले भन्यो । “एक-दुई दिनमा नै बोलाउँछु । आजै फोन गर्छु र दिन तोकिएपछि तिमीलाई भनुला।” यति भनी रूपा पूरणको कोठाबाट निस्किन ठीक साढ़े दुई बजे रूपा आएर खाद्य संस्थानको समय बताइन् । "हो त, बिर्सेछु।” यति भनी सबै फाइल लिएर आफ्नो ब्रिफकेसमा राखी पूरण हिंड्यो। मैनेजरकहाँ खबर पठाउनासाथ पूरणलाई मैनेजरले बोलायो र भन्यो- “बस्नोस्, पूरणजी!” पूरण बस्यो, मेचमा। “के भयो त ? मैले भनेको कुरा ?" -मैनेजरले सोध्यो । "अरू त सबै ठीक छ। त्यो प्रतिशतमा हामीलाई टुट्टा पर्दछ, मैनेजर साहेब !" -पूरणले भन्यो । “तपाईंसँग कति काम गर्नुछ। यति पनि तपाईं मिलाई दिनु हुन्न । लौ, त्यसो भए पौने तीन गरुँ, हुन्छ ?” मैनेजरले भयो। “तपाईं जे भन्नु हुन्छ। टुट्टा त हामीलाई पर्छ । तर पछि अरू काम पनि परकोले 'हुन्छ' भन्नु नै पन्यो।" -पूरणले भन्यो। “हिजो बोर्डको मिटिङ्ग भएको थियो। यस बारेमा खूब छलफल भयो । सबै मेम्बरहरूले आफूलाई मात्र फाइदा हुने कुरा गरे । कसैको मोल सस्तो थियो।" "मोल सस्तो भएर के गर्ने। चीज राम्रो चाहिन्छ। कम्तीमा लिएपछि धोखा पाइन्छ । अनि यो कम्पनीको मोटर ट्रकहरू ज्यादै चल्तीमा छ। सर्भीस राम्रो छ। पार्ट-पुर्जा भनेको समयमा पाइन्छ । “धेरै छलफल भएपछि तपाईंकै लिने फैसला भयो।" -मैनेजरले भने। "एल० सी० कहिले खोलिदिनु हुन्छ त ?" - पूरणले सोध्यो । "आज-भोलि नै। एल०सी० खुल्नासाथ आधा पाउनुपर्छ नि।" -मैनेजरले भन्यो । लुकेको समाज : ३७ "ठीक छ, मैनेजर साहब। एल० सी० छिटै नै नेपाल बैंकमा खोलिदिनु होला। सके पर्सी नै। अबेर भयो भने कम्पनीले मोल बढ़ाउँछ। मोल बढ़ाउने कुरा सुन्दछु ।" -बिजिनेसको ट्याक्टिसले पूरणले भन्यो। "त्यसो भए ढीला किन गर्नु । फेरि गड़बड़ हुन्छ। भोलि नै एल० सी० खोल्न लगाइदिन्छु, हुन्न ?" "झन् बेस! जति सक्यो चाँड़े गयो भने उति चाँडै सामान आइपुग्छ र मोल बढ्ने चान्स पनि कम हुन्छ। म भोलि नै सबै टाइप गरेर ल्याउँछु। भोलि नै सबै तपाईंले सही गरी अर्डर दिनुभए हुन्छ ।" "तर यो कुरा बिल्कुल सेक्रेट रहोस् ! कसैले थाहा नपाऊन्।" -मैनेजरले भन्यो। "यस्तो कुरा भन्न लाग्यो भने बिजिनेस नै हुँदैन। भोलि खोलिदिहाल्नोस् । बेलुकी म पैसा लिएर आउँछु ।” पूरणले भन्यो । "ठीक छ। म अहिले नै टिप्पणी उठाउन लाउँछु र आजै म सदर गर्नेछु ।" -मैनेजरले भन्यो । “म भोलि एक बजेतिर आउँ त ?” पूरणले सोध्यो । “त्यसै समयमा म सबै काम ठीक पारिसकेको हुन्छु।" -मैनेजरले भन्यो । "ठीक एक बजे आइपुग्छु त्यसो भए।" -यति भनी पूरणले नमस्कार गरी त्यहाँबाट हिंड्यो। बाटोभरि पूरणले सोच्यो- आजको काम फत्ते भयो भनेर । ऊ सीधै अफिसमा गयो र कोठामा पस्यो। एक-दुई मामूली फाइलहरू टेबुलमा रहेछन्। चिट्ठी पनि टाइप भई ठीक भएको हुनाले सबै सही गरी आउट भन्ने बाकसग्ण राख्यो। घण्टी बजायो, पूरणले। रूपा आइपुगिन् र पूरणको सामुन्ने खड़ा भइन्। पूरण एउटा चिट्ठी पढ्दै थियो। रूपालाई देखेर पूरणले खाद्य संस्थानको एल० सी० तुरन्त तैयार गर्न भन्यो रूपालाई। यस्तो काम रूपाले सधैँजस्तो गर्नुपर्दथ्यो। 'कन्फिडेन्सियल र अर्जेण्ट भित्र र बाहिर खाममा टाइप गराउन लगाउनु है भनेर रूपालाई अहायो। “यो काम एक-डेढ़ घण्टामा हुनुपर्छ, जरूरी छ।" -पूरणले भन्यो । ३८ : लुकेको समाज र कामशु गरहालन।्
"मसबैभदा अघ यही काम गनछु।" -यत भनी पा बाहर नकन्
ऊ खूब खुशी थयो । अब ऊ पूरा बजनेसयान भइसकेको थयो।
पूरणलेएउटा सगरेट सकाएर पउन थायो। आजको कामफेभएकोमा
कटमरमा ऊ नामुद भइसकेको थयो र बजनेस गनऊ सपालुभैसकेकोले
उसको बाबुखुशी भएको थयो। पैसा उड़ाउन पन ऊ कजूस थएन। एउटै
कुरामा ऊ अमली थयो। यो कुरा, केटहलाई फैसाउनुथयो।
उसको येय नैथयो- पैसा कमाऊ र यसको केही भाग उड़ाऊ।
पूरणको बुबालाई यी सबैकुरा थाहा भएर पन उसलेपूरणलाई कहलेकेही
भदैनयो। ऊ पन जवानीमा पूरणभदा कम थएन। आना अतीतका कुराह
सझेर उसलेपूरणलेगरेको कुरामा कुनैबाधा पादनयो ।
खा संथानको बारेमा शत पैसा नाफा यो । यसमाथ पन बजनेस ाटस
लगाएर कमसन घटाउन सकेकोलेउसलेआफूलेसफलता पाएको ठ ायो।
केही बेरपछ पूरणलेसबैपो र खुशी ँदैपालाई भयो, “पा, आजदेख
तो तलब महीनाको सयपैयाँबो। तो काम र तो ेशनेशसत म यादैभावत
भएको छु।” पूरणलेहाँसेर भयो ।
"धयवाद पूरणजी!”-पालेखुशी भएर भनन।्
“तमी राोसँग काम गदजाऊ, यसको इजत गनकाम मेरो हो।” पूरणलेभयो।
“यो केटलाई मैलेभोल खान घरमा बोलाएको छु। लो-नेपाली केटको
बारेमा सबैथोक पा लगाउन कोशश गनछु।" -पालेभनन।्
"भेरी गडु। तमी सधमसँग ैक भएकोलेतमीसत नैसबैकुरा गनगदछु।
मेरो भोल ठूलो काम छ। शायद सफल नेछ । तमीलाई याद छ, एक दन
हामी धेरैबेर बसेर कुरा गरला भनेको।" -पूरणलेहाँसेर भयो ।
"तो जतो बसनेमेरो बानी छैन।" -पालेहाँसेर भनन।्
“अक हता मलाउलँा है?" -पूरणलेभयो ।
“छ। जहलेभछौ, तमीले। म अब जाऊँ?”
पूरणले'छ' भयो र पा यहाँबाट नकन।् लुकेको समाज : ३९ सफलतामा तोप अत्यन्तै हर्षित भयो। मनको धोको उसको पुग्यो। तोपको कन्फर्मेशन आयो । उनको नाम सबैभन्दा माथि थियो । आफ्नो तोप सरासर करीब एक बजेतिर पूरणको आफिसमा पुग्यो। तोपलाई देख्नासाथ रूपाले हाँसेर भनिन्- “उहाँ भरखरै काममा बाहिर केही जरूरी काम छ कि ?" "जरूरी त होइन तर भेट्ने काम थियो । कुन बेला फर्कनुहुन्छ पूरणजी? यहां केही थाहा छ कि ?" -तोपले सोध्यो । “त्यो त केही भन्नुभएको छैन। शायद फर्कनु पनि हुनेछ। केही भनेर जानुभएक छैन।" -रूपाले भनिन् । "उहाँको घरको नम्बर कति हो ?" तोपले सोध्यो। टेबुलबाट पूरणको कार्ड झिकेर दिँदै रूपाले भनिन्- "यो कार्ड लिनुहोस् यसमा घर र अफिस दुवै ठाउँको ठेगाना छ।” तोपले 'थ्याक्यू' भनेर कार्ड लिएर हेयो र बगलीमा हाल्यो। “चिया, काफी, शर्बत केही पिउनु हुन्छ कि ?" - हाँसेर रूपाले तोपलाई सोधिन् । “भरखरै चिया पिएर आएको। केही पनि चाहिँदैन। तपाईको अफरलाई म धेरै-धेरै धन्यवाद छ। यदि पूरणजी आउनु भयो भने म आएको थिएँ भनिदिन कष्ट गर्नु होला है?" -तोपले भन्यो । “केको कष्ट र ? म अवश्य भन्ने छु।” -रूपाले भनिन् । यति भनी तोप त्यहाँबाट निस्क्यो। बाटोमा उसले मनमनै सोच्यो-पूरणको बाबुके चिट्ठीले धेरै काम दियो। पूरण फर्केपछि रूपाले तोप आएको कुरा भनिदिइन्। ४० : लुकेको समाज "ठीक छ, ठाक छ, कहिले आउँछ भनेर गयो त ।" • बिहानसम्म फोन गर्छु भनेर गए। -रूपाले भनिन्। "सकेसम्म भोलि भेट्न आउछु, घरमा बेलुकी फोन गर्छ, भेटिन भने भोलि पूरण केही नभनी चुप लाग्यो । मैनेजरको घरमा गएर पैसा दियो। खाद्य संस्थानको काम सबै खतम भएकोले पूरणले अघिल्लो दिन बेलुकी मैनेजरले भन्यो । "पूरणजी, अफिसको अरू पनि धेरै काम छ। म बिर्सनेछैन तपाईंलाई।" यही बिजिनेसले बचाएर राखेको छ।" -पूरणले कुरा बनाएर भन्यो । "राम्रोसँग विचार गरिदिनुभएन भने हामी त खानै नपाई मर्नेछौं। जे भए पनि "म तपाईंलाई काम पर्नानाथ खबर गरिहाल्छु।" -मैनेजरले भन्यो। "जो कृपा। म विदा पनि हुँ कि ?" पूरणले भन्यो । “हुन्छ। तपाईंको धेरै काम होला।” -मैनेजरले भन्यो। यति भनेर पूरणले नमस्कार गर्यो र त्यहाँबाट निस्केर गयो, घरतर्फ। मैनेजरले पैसा गन्यो र ठीक पाई आफ्नो श्रीमतीलाई बोलाएर भन्यो- “यो खामको सामान कुनै सन्दुसमा लगेर राख। अहिले सेफमा नराख्नु । मैनेजरको श्रीमतीले श्रीमान्ले भनेझैं गरेर एउटा सन्दुसको घर्राभित्र त्यो खाम राखिन् । मैनेजरले ठूलो रकम एकैचोटि पाउँदा खुशी भयो र साथ-साथै उसलाई डर पनि लाग्यो, कसैले थाहा पाउला भनेर। मनमा अनेक प्लानहरू बन्न थाले मैनेजरको, आधा रातसम्म। उसलाई सपनाजस्तो लाग्यो र श्रीमतीलाई बोलाएर सोध्यो- "तिमीले हिजो दिएको खाम कहाँ राख्यौ ?" "एउटा सन्दुसमा घरभित्र लुकाएर "राखेकी छु । किन र ?” श्रीमतीले सोधिन्। “त्यसै सोधेको।" -मैनेजरले सपना देखेको रहेनछ। सत्य नै रहेछ भनिठान्यो। के छ त्यसमा ? पैसा जस्तो छ नि ?" -मैनेजरको श्रीमतीले सोधिन्। लुकेको समाज : ४१ "जाऊ काम गर्न आफूलाई वास्ता नै नभएको कुरा कहिले नसोच्नु।" भने। श्रीमती केही नभनीकन भान्छातिर काम गर्न लागिन् । • मैनेजरको प्लान फेरि बन्न थाल्यो। घर बनाउने हो कि, जम्मा किन्ने हो। यो दुवै अहिले नै गर्नु ठीक छैन। सबैको आँखा पर्छ। बरु सुन किनेर र बेस हुनेछ। मैनेजरले सुन किनेर राख्ने निर्णय गर्यो । थियो। एकचोटि बसेको बानी हट्न साह्रै गाह्रो हुँदो रहेछ। • मैनेजरले पहिले अरू ठाउँमा मैनेजर हुँदा दुई लाख रुपियाँ जति कमाइसकेको त्यो पहिले कमाएको पैसाले आफ्नी श्रीमतीको नाममा जग्गा किनेको थियो। एक छोरी र दुई छोरा सान-सानै भएकोले नाबालकको नाममा केही गर्न सक्तैनथे। मैनेजर साहेबले सुन किनेर राख्ने विचार पनि बदले। केही पैसाको श्रीमतीलाई गहना बनाइदिने विचार गरे, अरू पैसा भारतको बैंकमा लगेर राख्ने विचार गरे। त्यसो गरेमा बैंकमा राखेको पैसाको पनि ब्याज आउने र कसैले पनि गुह्य कुरा थाहा नपाउने कुरा सोचे। यही सबै कुरा ठीक भएपछि केही दिनमा उनीले केही दिनको निमित्त बिदा लिए। आफू र श्रीमती भई उनी बनारसतर्फ हिंड़े। बनारस पुगेर मैनेजर साहेबले बैंकमा पैसा जम्मा गरेर केही दिन घुमघाम गरे। समय-समयमा उनीले प्रशस्त रुपियाँ कमाए। अब यस्तो काम गर्न ठीक छैन। कतैबाट कुरा खोलियो भने जीवन बरबाद हुन्छ भनेर स्वास्थ्यको कारण जनाई मैनेजरले राजीनामा दिए। पैसा प्रशस्त कमाएको र कुनै अभियोग नलागेकोले छोरा-छोरीलाई राम्रोसँग पढाएर मनमा डर नलिई चितौनमा लिएको जग्गामा एउटा सानो घर बनाई उनीले खेती गर्न थाले। बस, यही चलन थियो र आज पनि यही चलन झन् राम्रोसँग चल्न थालेको कोही भोकै छन् भने कसैको खाने कुरा कुकुरले पनि खाएर मिल्काउंथ्यो । कति मानिसहरू खान नपाई बाँच्नुपरेको छ। ४२ : लुकेको समाज ११ भोलिपल्ट बिहान पूरणलाई घरमा फोन गयो। पूरणले फोन उठाएर भन्यो- “कसलाई खोज्नुभएको ?” “को ? पूरण बोलेको हो ?" -तोपले टेलिफोनमा सोध्यो । "हो! म पूरण बोल्दैछु ।" "म तोप बोलेको पूरण!" - तोपले भन्यो । “के भयो तोप ? तिमी हिजो अफिसमा आएका थियो रे। के काम पयो त्यस्तो ?" पूरणले सोध्यो । “अरु त केही होइन। म होटल म्यानेजमेन्टको निमित्त छानिए छु। नाम पहिलो नम्बरमा छ।" -तोपले भन्यो । "बधाई तोप। मलाई पूरा आशा थियो कि तिमी पास हुन्छौ भनेर। कहिले जाने र कहाँ जाने ?” “दुई महीना जति त लाग्ला जानलाई। दिल्लीमा कोर्स गर्न जानुपर्ने रहेछ।" -तोपले भन्यो । “अब भोज कहिले त ?” हाँसेर पूरणले टेलिफोनमा सोध्यो। "जहिले तिमी भन्छौ, तहिले!" -तोपले भन्यो। “लौ त, एक दिन मज्जाको भोज हुनुपर्छ है!" पूरणले भन्यो । “अवश्य, पूरण ! बुबा पाल्नुभयो ? उहाँले यस विषयमा मलाई धेरै गुन लगाउनु भएको छ।" “अझसम्म आउनु भएको छैन अब दुई-चार दिनमा आउनु हुनेछ भन्ने आशा गरेको छु ! आउनु भएपछि म तिमीलाई खबर दिने नै छु।" -पूरणले भन्यो। लुकेको समाज : ४३ "नबिर्सीकन भन है। म आउँला नि एक दिन तिमीकहाँ।" -तोपले भन्यो र फोनको रीसिभर राखिदियो। अब तोपको मनले शान्ति पायो । आफ्नो सुमधुर सपना पुग्न लागेकोले उसको अनुहार हँसिलो हुँदै गयो। भाइ राजूलाई पनि दाइ छानिनु भएकोमा बड़ो खुशी लाग्यो । लण्डनबाट बाबुको चिट्ठी आएको थिएन। राजू पनि त्यसै चिट्ठीलाई पर्खिरहेको थियो । दुई-तीन दिनभित्रै राजुको बाबुले ओपेन टिकट चाहिने जति पैसा राजूको निमित्त पठाइदियो। परराष्ट्र मन्त्रालयको नाउँमा पनि चिट्ठी लेखेर त्यसको कापी टिकटसँगै पठाइदिएको थियो, क्याप्टेन साहेबले। राजूले दाजु तोपलाई सबै थोक देखायो । "अब ढिलो नगर छिटो जाऊ। म भोलि तिमीलाई लिएर पहिले पासपोर्ट बनाउनुपयो । मलाई लाग्दछ, दुई-तीन दिनभित्र सबै काम खतम हुनेछ।" -तोपले भन्यो । राजूले 'हुन्छ' भनेर बाहिर गयो। आफू पास भएको कुरा तोपले चिट्ठी पाउनासाथ बाबुलाई पठाइसकेको थियो । भोलिपल्ट परराष्ट्र मन्त्रालय गएर तोपले पासपोर्ट बनाउन लगाइदियो, राजूलाई। अनि त्यहाँबाट ब्रिटिस राजदूतावास गएर भिसाको निमित्त फार्म भर्न लगायो । राजदूतावासले भोलिपल्ट बाह्र बजे ठीक हुन्छ आउनु भनेर भन्यो । अब बाँकी रह्यो बैंकको काम। तोपले राजूलाई लिएर बैंक गयो र केही बेरमा नै बैंकको सबै काम खतम गर्यो । भोलिपल्ट राजू राजदूतावास गयो। भिसा ठीक भइसकेको रहेछ। भिसा लिएर ऊ घर गयो। आज सात तारीख थियो। एघार तारीखमा लण्डन आइपुग्ने तार दियो, बाबुलाई। तोपले बाटोमा के गनुपर्छ, एयरपोर्टमा के गर्नुपर्छ, सबै राजूलाई राम्ररी बताइदियो । राजूले सबै कुरा राम्ररी बुझ्यो, तोपबाट। ४४ : लुकेको समाज तोपले पनि अर्को एउटा चिट्ठी लेख्यो र बाबुलाई दिन भन्यो । दश तारीखको दिन राजू काठमाडौंबाट लण्डनको निमित्त रवाना भयो। तोप एयरपोर्टसम्म पुऱ्याउन गयो। उसको एउटा चिने-जानेको मानिस पनि लण्डन त्यही प्लेनबाट जान लागेकोले राजूलाई मद्दत गन अनुरोध गयो। अब सबै ठीक भयो। समयमा प्लेन दिल्लीतर्फ उड्यो। प्लेन उडेपछि तोप घर फर्यो। ठीक समयमा पूरण अफिसमा आइपुग्यो। रूपाबाट त्यो केटीको विषयमा बुझ्ने ठूलो कौतूहल भएको थियो, उसको मनमा । पूरणले पहिले आफ्नो टेबुलमा भएको सबै चिट्ठी-पत्र र फाइल हेन्यो। कसैलाई सही गरी 'आउटमा' राख्यो र कुनैलाई 'मसँग कुरा गर्ने भन्ने तोक लगाइदियो र आउटको बाकसमा राखिदियो। कुनै फाइलको सम्बन्धमा केही कुरा बुझ्नु परकोले 'इन्' खण्डमा राख्यो । केही बेरपछि पूरणले घन्टी बजायो। घन्टीको आवाज सुनेर रूपा पूरणको कोठामा पसिन् । रूपालाई देखेर पूरणले भन्यो- “बुबाको केही खबर आएको छैन ? उता बुबाकहाँ खबर आएको छ कि ?" "आएको छैन । मैले सोधिराखेको छु। आएको छैन रे। आयो भने खबर गर्छु भनेर सेक्रेटरीले भनेकी छन्।" -रूपाले भनिन् । -पूरणले सिगरेट आएर “आइन् । सबै कुरा सोधें । त्यो केटीको एउटा केटो रहेछ, कलकत्तामा। कुन्नि के कुरामा झगड़ा भएछ। केही रीसको झोकमा बाबुसँग काठमाडौँ आइछन्, मीना। "काठमाडौं मीनाले थाहा पाइछन् कि त्यो केटोले अर्कै बंगाली केटीसँग बिहे गरेछ। त्यसपछि मीनाको दिमाग खतम भए जस्तो छ। त्यो खबर सुनेपछि मीना अन्नपूर्णा होटलमा काम गर्न थालिछन्। काम त राम्रो गर्छ रे। तर धेरै कुरा कसैसँग गर्दिन रे। पहिले त बड़ो रसिली थिई रे । तर, आजकल मीना कसैसित कुनै कुरा धेर गर्दिन रे।" -रूपाले भनिन् । “अँ रूपा ! हिजो त्यो तिम्रो साथी तिमीकहाँ खान आइन् सल्काएर सोध्यो । लुकेको समाज : ४५ "उसकी बाबु कहाँ छ र के गर्छ त ?" पूरणले सोध्यो ! "पहिले त रिजर्भ बैंकमा काम गर्दथ्यो रे। आजकल रिटायर भएपछि केही बिजिनेस गर्न थालेको छ भनेर भन्थिन्, मेरी साथीले।" "के बिजिनेस गर्छ रे, मीनाको बाबुले ?"-पूरणले सोध्यो। “त्यो त मैले केही पनि सोधिन के बिजिनेस गर्छ भनेर।" रूपाले भनिन्। देखियो। पूरण केही पनि बोलेन। एक छिन सिगरेट सल्काई केही सोच्न लागेजस्तो "म जाऊँ। केही काम छ कि ?" रूपाले भनिन्। "हुन्छ अहिले जाउ। केही काम पन्यो भने म तिमीलाई बोलाउने छु।" पूरणले भन्यो । रूपा पूरणको कोठाबाट निस्को। पूरण मीनाको बारेमा धेरै कुरा सोच्न थाल्यो ! उसले विचार गन्यो- मीनाको बाबु के बिजिनेस गर्दा रहेछन् । सबैभन्दा पहिले त त्यही कुरा पत्ता लगाउनु पन्यो। अनि त्यसपछि के गर्ने भन्ने। कुरा सोच्नपर्ला। अब कसरी भेट्ने उसको बाबुलाई? झट्ट पूरणको मनमा एउटा उपाय सुझ्यो। उसलाई केही कामको निमित्त कलकत्ता जानुपर्ने भयो। त्यही बेला भेट्नुपर्ला। तर, नाम र ठेगाना कहाँबाट पाउने ?-पूरणले सोच्यो । यो काम त केवल रूपाबाट नै हुन सक्छ। रूपालाई नै अहाउनुपर्ला पूरणले मनमनै सोच्यो। कोशिश गरे सबै कुरा हुन सक्छ । पूरणले घण्टी बजायो। रूपा भित्र आइन्। मीनाको बाबुको बारेमा रूपासित कुरा गर्ने गरेको थियो ! तर, पूरणले आफ्नो विचार बदल्यो। "रूपा ! तिमीलाई मैने भनेको कुरा सम्झेकी छचौ ?" -पूरणले सोध्यो । "कुन कुरा ? उही कुरा ?" -रूपाले सोधिन्। "हो, उही। पर्सि शनिवारलाई मिलाऊँ न हुन्न ?" पूरणले सोध्यो । "हुन्छ। किन नहुनु ? बरु लन्च मकहाँ नै खाउँ न, हुन्न ?" म तैयार गर्छु।" ४६ : लुकेको समाज रूपाले भनिन् । "त्यो दिन अन्त कतै लन्च त छैन ?" "छैन जस्तो लाग्छ। तैपनि म हेरेर आउँछु।" -यति भनी रूपा बाहिर गइन् लन्छ छ।" रूपाले भनिन् । र तुरुन्तै भित्र आएर भनिन्- “कुनै पनि छैन । सोमवार याक एण्ड यतीमा मरकाइटरको " त म ठीक एघार बजे आउँछु। -पूरणले भन्यो । "ओ० के०, म तिमीलाई पर्खिरहन्छु-, ढीला नगर है ?" "तर, मैले भनेको सबै कुरा सम्झनु । नबिर्सनु। अनि कुरा पनि नढाँट्नु ।"पूरणले भन्यो । "सबै नोट छ।” यति भनेर रूपा हाँसेर बाहिर गइन् । १२ हिजो राति अलि अबेर भएकोले र आज शनिवार भएकोले पूरणलाई उठ्न अलि अबेर भयो। उसले घड़ी हेऱ्य-नौ बजिसके छ। पूरण उठ्यो र बाथ रूममा गएर मुख धोई रूमालले पुछ्दै नोकरलाई बोलाएर काफी छिटो ल्याउनु भनेर भन्यो । आज उसलाई एघार बजे रूपाकहाँ पुग्नु थियो। काफी खाइसकेपछि पूरणले बाथरूमभा गई शेभ गर्यो । शेभ गरिसकेपछि पूरणले टेबुलमा रहेको अंग्रेजी र नेपाली पत्र-पत्रिका हेयो। अनि घड़ी हेयो। बिहानको साढ़ेदश हुन लागेको रहेछ। नोकरलाई बोलाएर 'मेरो लागि आज खाना बनाउनुपर्दैन, मलाई अर्कै ठाउँमा खान जानुछ' भनेर भन्यो। 'हवस' भनेर नोकर त्यहाँबाट निस्क्यो। लुकेको समाज : ४७ |